IME Life New

शैक्षिक कर्जा तथा शैक्षिक बेरोजगार व्यवसाय कर्जा लिनु भएको छ । यसरी गर्नुहोस कर्जाको सुरक्षण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

प्राविधिक शिक्षा तथा शैक्षिक बेरोजगार व्यवसाय कर्जा सुरक्षण

Esewa
Crest

प्राविधिक शिक्षा तथा शैक्षिक बेरोजगार व्यवसाय कर्जा अन्तर्गत  बैक तथा वित्तीय संस्थाले विभिन्न प्रयोजनमा प्रदान गर्ने कर्जा यस कार्यक्रम अन्तर्गत  कोषले सुरक्षण गर्ने व्यवस्था गरिएको छ । यस कार्यक्रम अन्तर्गतको कर्जा सुरक्षण गर्न बैक तथा वित्तीय संस्थाले कोषसँग सम्झौता गर्नुपर्ने छ ।

कर्जाको सुरक्षण सीमा

नेपाल सरकारले विपन्न सीमान्तकृत समुदाय र नेपाल लक्षित वर्ग  भनी परिभाषित गरेका व्यक्तिमध्ये सम्बन्धित गाउँपालिका वा नगरपालिकाबाट सिफारिश प्राप्त व्यक्तिलाई सदसय संस्थाले प्रवाह गरेको १० लाख रुपैयाँसम्मको शैक्षिक कर्जाको सुरक्षण गर्नेछ । साथै, व्यवासयिक तालीम लिई व्यवसाय स्थापना तथा सञ्चालन गाउँपालिका वा नगरपालिकाबाट सिफारिश प्राप्त शैक्षिक बेरोजगार व्यक्तिलाई सदसय संस्थाले बिना धितो वा सामूहिक जमानीमा प्रवाह गरेको ५ लाख रुपैयासम्मको कर्जाको सुरक्षण गर्नेछ ।

सुरक्षण दस्तुर/ विवरण

यस कार्यक्रम अन्र्तगत प्रवाह हुने कर्जाको सुरक्षण गराउँदा त्यस्तो कर्जा रकमको बाँकी सावा र ब्याज रकमको १ प्रतिशत प्रति बर्षको दरले कोषमा सुरक्षण शुल्क बुझाउँनु पर्नेछ । त्यसरी शुल्क बुझाउँदा सदस्य संस्थाले त्यस्तो शुल्कको २० प्रतिशत शुल्कमध्ये बर्षको २ पटक ६/६ महिनामा ० दशमलव १० पैसाका दरले प्रत्येक माघ मसान्त र श्रावण मसान्तमा अग्रिम रुपमा कोषमा बुझाउँनुपर्नेछ । बाँकी ८० प्रतिशत शुल्क नेपाल सरकारबाट कोषलाई अनुदान स्वरुप प्राप्त हुनेछ ।

दाबी/क्षतिपूर्ति

सदसय संस्थाले यस कार्यक्रम अन्र्तगत प्रवाह गरेको कर्जा निर्धारित भुक्तानी भ्यादभित्र असुल उपर हुन नसकेमा असुल उपर हुन बाँकी साँवा र ब्याज कर्जाको ८० प्रतिशतसम्म कोषले क्षतिपूर्ति दिन व्यवस्था रहेको छ । यसरी क्षतिपूर्ति प्राप्त गर्नको लागि दाबी साथ संलग्न गर्नुपर्ने कागजातलाई सरलीकरण गरिएको छ ।

सदस्य संस्थाले आफनो नियम/विनियमको अधिनमा रही असुली गर्न विभिन्न प्रयास गर्दा पनि कोषबाट क्षतिपूर्ति प्राप्त भएका कर्जा असुल उपर हुन नसकेमा कोषले प्रदान गरेको क्षतिपूर्ति रकम अपलेखन गर्न सकिने छ । जस अनुसार कोषबाट क्षतिपूर्ति प्राप्त भएका तर असुली नै हुन नसकेका खराब कर्जाको सदसय संस्थाले क्षतिपूर्ति बापत प्राप्त गरेको रकम कोषलाई फिर्ता गर्नुपर्ने छैन ।

प्राविधिक शिक्षा तथा शैक्षिक बेरोजगार व्यवसाय कर्जा सुरक्षण किन ?

  • गुणस्तरीय प्राविधिक उत्पादन गर्न ।
  • सक्षम र योग्य व्यक्ति भएर पनि पूँजी अभावको कारण उच्च प्राविधिक शिक्षा हासिल गर्न नपाएकाहरुलाई मौका दिन
  • विपन्न बर्ग, पिछडिएका बर्ग र क्षेत्रका जनतालाई उच्च प्राविधिक शिक्षा हासिल गर्न प्रोत्साहन गर्न
  • देशमा रहेका शिक्षित जनताको श्रम विदेशिने क्रमलाई रोकी स्वदेशमा नै परिचालन गर्न ।
  • देशमा विद्यमान रहेका शिक्षित समुदायको बेरोजगारी कम गरी देशको गरिबी निवारणमा सहयोग पुराउँन ।
  • शिक्षित जनतामा आईरहेको विकृतिमा कमि ल्याउँन ।

प्राविधिक शिक्षा तथा शैक्षिक बेरोजगार व्यवसाय कर्जा सुरक्षणका बिशेषताहरु

  • गुणस्तरीय प्राविधिक उत्पादन गर्न मद्धत पुराउँदछ ।
  • सक्षम र योग्य व्यक्ति भएर पनि पूँजी अभावको कारण उच्च प्राविधिक शिक्षा हासिल गर्न नपाएकाहरुलाई मौका दिलाउँछ ।
  • विपन्न बर्ग, पिछडिएका बर्ग र क्षेत्रका जनतालाई उच्च शिक्षा हासिल गर्न प्रोत्साहन दिन्छ ।
  • देशमा रहेका शिक्षित जनताको श्रम विदेशिने क्रमलाई रोकी स्वदेशमा नै परिचालन गर्न सहयोग पुराउँदछ ।
  • देशमा विद्यमान रहेको शिक्षित समुदायको बेरोजगारी कम गरी देशको गरिबी निवारणमा सहयोग पुराउँदछ ।
  • शिक्षित जनतामा आईरहेको विकृतिमा कमि ल्याउँदछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS