IME Life New

शेयर शिक्षा : कसरी हुन्छ बोनस र हकप्रद पछि मूल्य समायोजन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

बुक क्लोज सुरु भएको दिन वा बुक क्लोजको दिन बोनस  र हकप्रद शेयर प्रयोजनार्थ  कम्पनीको बजार मूल्य समायोजन हुने गर्दछ। केही समय अघि नगद लाभासंको हकमा पनि बजार मूल्य समायोजन हुने नियम आए पनि त्यो विशेष अवस्थामा मात्र लागु हुन्छ। नगद लाभांसको हकमा बजार मूल्यको १० प्रतिशत भन्दा धेरै नगद लाभांस आएमा मात्र बुक क्लोजको दिन नगद लाभांसले बजार मूल्य समायोजन गर्ने  गर्दछ।

कसरी हुन्छ बोनसको मूल्य समायोजन :

Esewa
Crest

उदाहरण : सगरमाथा इन्स्योरेन्सले ८६ प्रतिशत बोनस शेयर प्रयोजनार्थ जुन १६ गते बुक क्लोज गरेको थियो। यसको मतलव जुन १३ (जुन १५ र १४ मा शेयर कारोवार नभएकाले ) गते सम्म कायम शेयर धनीले उक्त बोनस शेयर प्राप्त गरेका छन् ।
जुन १६ गते कम्पनीको बजार मूल्य समायोजन हुने गर्छ।
शुत्र :


जुन १३ गतेको बजार मूल्य : १२६८
गणना :
= १२६८ / १+ ० .८६
=१२६८/१.८६
=६८१.७२
(नोट : ८६ प्रतिशत बोनस शेयरलाई १०० ले भाग गरेर शुत्रमा ०.८६ प्रयोग गरिएको )

कसरी हुन्छ हकप्रदको मूल्य समायोजन ?

उदाहरण : जनउत्थान सामुदायिक लघुवित्तले शत प्रतिशत हकप्रद शेयर प्रयोजनार्थ जुन १७ गते बुक क्लोज गरेको थियो। यसको मतलव जुन १६ गते सम्म कायम शेयर धनीले उक्त हकप्रद शेयर खरिद गर्न पाउने छन्।
जुन १७ गते कम्पनीको बजार मूल्य समायोजन हुने गर्छ।

शुत्र :

जुन १६ गतेको बजार मूल्य : १७००

गणना :
=१७०० + (१००*१ )/१+१
= १७०० + १०० / २
= १८०० /२
= ९००

(नोट : १००  प्रतिशत हकप्रद शेयरलाई १०० ले भाग गरेर शुत्रमा १  प्रयोग गरिएको

:Subscription मूल्य भनेको प्रति कित्ता कम्पनीले एक सय रुपैयामा हकप्रद निस्काशन गर्ने भएकाले त्यहा १०० लेखिएको हो )

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS