IME Life New

शेयर लगानीकर्ताले नेप्सेमा शान्तिपूर्ण अनशन शुरु गर्दै, यस्ता छन् मागहरु ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

शेयर बजार सुधार र विस्तारका लागि अर्थमन्त्री डा. युवराज खतिवडाको राजीनामाको मुख्य मागसहित शेयर लगानीकर्ता दबाब समूहले आज नेपाल स्टक एक्सचेन्जमा शान्तिपूर्ण रिले अनशन गर्दैछ ।

दबाब समूहले शेयर बजार सुधार र विस्तार गरी लगानीकर्ताको सम्पति सुरक्षा गर्न सरकार र नियमनकारी निकायहरुलाई दबाब दिन अनशन आयोजना गरिएको जनाएको छ ।

Esewa
Crest

दबाब समूहले आब्हान गरेको अनशनमा सुहभागी हुन सयौं लगानीकर्ता नेप्सेको कार्यालय सिंहदरबार अगाडि पुगेका छन् ।

समूहले १० बुँदे माग अघि सार्दैै अनशन थालेको हो ।
दबाब समूहका मागहरु यस्ता छन्ः
शेयर लगानीकर्ता दबाब समूह
(पूँजी बजारमा लगानी गर्दै आएका लगानीकर्ताहरुको स्वतन्त्र समूह)
हाम्रा मागहरु
१. सरकारले पूँजी बजारसम्बन्धी आफ्नो धारणा तथा नीति स्पष्ट गरोस र बजार सुधार तथा बिस्तारका लागि तत्काल बिशेष कार्यक्रम ल्याओस् । पूँजी बजार विरोधी अर्थमन्त्री डा. युवराज खतिवडाको राजीनामा र पूँजी बजारमैत्री ब्यक्तित्वलाई अर्थमन्त्री बनाईयोस् ।
२. बैंक खाता र डिम्याट खाता ईन्टिग्रेट भएको अनलाईन कारोबार प्रणालीको पहुँच तत्काल आम लगानीकर्तामा पुर्याईओस् ।
३. धितोपत्र बोर्डले तीन बर्ष अघिदेखि गैर आवासीय नेपाली र विदेशमा बस्ने नेपालीलाई पूँजी बजारमा ल्याउन कार्यविधि बन्दै गरेको भन्दै आएकोमा तत्काल सो कार्यविधि लागु गरी उनीहरुलाई पूँजी बजारमा भित्र्याईयोस् ।
४. शेयर दलाल मार्फत मार्जिन ट्रेडिड. तत्काल खुला गरियोस् ।
५. शेयर धितो कर्जाको सिमा धितो मूल्यांकनको ८० प्रतिशत पुर्याईयोस र जोखिम भारित अंश १०० प्रतिशत वा सो भन्दा कम कायम गरी सस्तो ब्याजमा कर्जा प्राप्त हुने ब्यवस्था गरियोस् । प्राथमिक पूँजीको २५ प्रतिशतसम्म हैन, कुल कर्जा लगानीको २५ प्रतिशत रकम बैंक तथा बित्तीय संस्थाले शेयर धितो कर्जा प्रबाह गर्नसक्ने ब्यवस्था होस् ।
६. धितोपत्र बोर्डले तीन बर्षदेखि भन्दै आएको मार्केट मेकर र डिलरशीपको तत्काल ब्यवस्था होस् ।
७. ग्रेड चार र पाँच रेटिड. प्राप्त गरेका कम्पनीहरुलाई आईपीओ बिक्री गर्न तत्काल बन्देज लगाई जलबिद्युत र अन्य कम्पनीहरुलाई प्रत्यक्ष नियमनकारी निकायको ब्यवस्था भएपछि मात्र आईपीओ ल्याउन पाउने ब्यवस्था गरियोस् ।
८. कम्पनीले हकप्रद शेयर बिक्रीको प्रस्ताब सार्वजनिक गर्नु अगाबै संस्थापक र आधारभुत शेयरधनीहरुले प्रस्तावित हकप्रदको ७५ प्रतिशत रकम जम्मा गरेपछि मात्र प्रस्ताब सार्वजनिक गर्न र साधारणसभामा पेश गर्न पाउने ब्यवस्था गरियोस् ।
९. सहायक कम्पनी खोलेर आबेदन गरेका बाणिज्य बैंकलाई तत्काल ब्रोकर लाईसेन्स दिनुका साथै देशका सबै जिल्ला समेट्ने गरी नयाँ शेयर दलालहरुलाई तत्काल ब्रोकर लाईसेन्स दिएर पूँजी बजारमा देशभरिका जनताको पहुँच कायम हुने ब्यवस्था गरियोस् ।
१०. कम्पनीहरुले एफपीओ बिक्रीको प्रस्ताब गर्दा प्रति शेयर नेटवर्थ भन्दा मूल्य बढी नहुने शर्तमा मात्र स्वीकृत गरियोस् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS