IME Life New

शेयर बजार लगातार घट्ने क्रम रोकिएन, शिखरले लाभांश नदिने घोषणा गर्दा नकारात्मक सर्किट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार लगातार घट्ने क्रम आज पनि रोकिएन । आज कारोबार सुरु भएको केहि समयमा सुधार हुन खोजे पनि अन्तिममा बजार बढ्न सकेन । बुधबार नेप्से सूचक ७.२१ अंकले घटेर २१३० अंकमा बन्द भएको छ ।

अन्तिम समयमा केहि सुधार हुन खोजे पनि कारोबार रकम भने एक अर्ब ७ करोड रुपैयाँमा सिमित भएको छ । विकास बैंक हाइड्रोपावर र फाइनान्सको सूचकमा सुधार देखिए पनि बाँकी सूचकहरु घटेका छन् । आज १०१ कम्पनीको शेयर मूल्यमा सुधार देखिएको छ भने ८४ वटा कम्पनीको मूल्य घटेको छ ।

Esewa
Crest

बुधबार मैलुख खोला र बलेफी हाइड्रोपावरको शेयर मूल्य सर्वाधिक सुधार हुने क्रममा सर्किट लागेको छ । आजै लाभांश नदिने घोषणा गरेको शेयर इन्स्योरेन्स कम्नपीको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । नेपाल इन्भेष्टमेन्ट बैंकको शेयर मूल्यमा आज पनि ठुलो गिरावट आयो तर कारोबार रकममा भने उल्लेख्य बृद्धि भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS