IME Life New

शेयर बजारका बादशाह वारेन बफेटको कम्पनी वर्कसायर हाथवे ठूलो घाटामा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

एजेन्सी: शेयर बजारका बादशाह वारेन बफेटको कम्पनी वर्कसायर हाथवेले २०२०को प्रथम त्रैमासमा निकै नराम्रो प्रदशन गरेको छ। प्रथम त्रैमासमा वर्कसायर हाथवेले ५० बिलियन अमेरिकी डलर घाटा खानु परेको छ।
वर्कसायर हाथवेलाई प्रथम त्रैमासमा ४९ दशमलव ७५ विलयन अमेरिकी डलर घाटा भएकोमा गत वर्ष भने यसै अवधिमा कम्पनी २१ दशमलव ७० विलयन अमेरिकी डलर नाफामा थियो।

Esewa
Crest

कोरोना भाइरसको कारणले गर्दा सम्पूर्ण आर्थिक गतिविधिलाई असर परेसँगै वारेन बफेट अध्यक्ष तथा प्रमुख कार्यकारी अघिकृत रहेको कम्पनी वर्कसायर हाथवेलाई पनि निकै ठूलो असर परेको देखिन्छ।

कोरोना भाइरसको कारणले कम्पनीको व्यापारमा असर परे पनि कम्पनीको संचालन मुनाफा भने सामान्य ६ प्रतिशतले वृद्धि हुन सफल भएको छ।

धेरै मात्रामा शेयर लगानी रहेको बैंक तथा एयरलाईन्सलको शेयर मूल्यमा ठूलो गिरावट आएसँगै वर्कसायर हाथवेलाई असर परेको देखिन्छ।

यो वर्ष वर्कसायर हाथवेको शेयर मूल्य २० प्रतिशत भन्दा धेरैले घटिसकेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS