IME Life New

शेयर खरिदब्रिकीबारे एनसेलको जबाफ-‘कानुनको पालना गर्छौं, विस्तृत विवरण पछि पठाउँछौँ’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनसेलले शेयर खरिदबिक्रीबारे नेपाल दूरसञ्चार प्राधिकरणलाई जबाफ पठाएको छ।

अर्थ समितिको आज बसेको बैठकमा प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले एनसेल पठाएको जबाफबारे जानकारी गराएका हुन्। ‘एनसेलले पत्र पठाउँदै शेयर खरिदबिक्री प्रक्रिया सुरु भएको र यसबारे विस्तृत विवरण कानुनबमोजिम पछि उपलब्ध जानकारी गराएको छ’, उनले भने।

Esewa
Crest

आजियाटाले पनि नेपालको कानुनको पूर्ण पालना गर्ने प्रतिबद्धता अध्यक्ष खनालले जानकारी दिए।

मंसिर १५ गते शेयर खरिदबिक्रीको पूर्वस्वीकृति नदिई एनसेल आजियाटा बिक्री भएको खुलासा भए पनि प्राधिकरणले एनसेल आजियाटालाई पत्र लेख्दै शेयरधनीको शेयर खरिदबिक्री वा नामसारी गर्नुपूर्व प्राधिकरणको स्वीकृति प्राप्त गर्नुपर्ने व्यवस्था स्मरण गराएको थियो । आजियाटा ग्रुपले बेलायती कम्पनी स्पेक्ट्रलाइट यूकेलाई एनसेलमा रहेको सबै ८० प्रतिशत शेयर बिक्री गरेको थियो।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS