IME Life New

शेयरभाउमा उच्च गिरावटपछि ज्याक माले स्थगित गरे अलिबाबाको शेयर बेच्ने योजना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चिनियाँ अर्बपति ज्याक माले अलिबाबा कम्पनीको शेयर बेच्ने योजना तत्कालका लागि स्थगित गरेका छन्।

गत साता चिनियाँ दिग्गज टेक कम्पनी अलिबाबाको शेयरमूल्यमा गिरावट आएको थियो। योसँगै ज्याक माले तत्काललाई यो कम्पनीको शेयर बेच्ने योजना स्थगि गरेका हुन्।

Esewa
Crest

ज्याक माले करिब ८७१ मिलियन डलरबराबरको १० मिलियन शेयर बेच्न खोजेको खुलासा भएको थियो। तर, कम्पनीको शेयरमूल्य आफूले अपेक्षा गरेभन्दा तल खसेपछि अर्बपति ज्याक माले शेयर बेच्ने योजना स्थगित गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।

ज्याक माले अलिबाबाको शेयर गत मंगलबार जेसी प्रोपर्टीज र जेएसपी इन्भेस्टमेन्टमार्फत बेच्ने योजना बनाएका थिए। यी दुवै संस्था ज्याक मा र उनको परोपकारी फाउन्डेसनसँग जोडिएका छन्।

न्युयोर्कमा अलिबाबाको शेयरभाउ बिहीबार ९ प्रतिशत र हङकङमा शुक्रबार १० प्रतिशतले घटेको थियो। योसँगै कम्पनीको मार्केट भ्यालु करिब २० बिलियन डलर ओरालो लागेको छ। –एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS