IME Life New

शेयरधनीलाई नगद लाभांश लिन मिर्मिरे लघुवित्तको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था (साविकको नागबेली लघुवित्त वित्तीय संस्था) ले शेयरधनीलाई नगद लाभांश लिन आग्रह गरेको छ ।

नागबेली लघुवित्तले विभिन्न साधारण सभाबाट पारित भएको लाभांशको पूर्जा संकलन नगरी वा संकलन गरेर पनि नगद लाभांश पूर्जाको रकम सटही नगरेको भन्दै सो लाभांश रकम लिन आग्रह गरेको हो ।

Esewa
Crest

शेयरधनीले कम्पनीको शेयर रजिष्ट्रार नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड हात्तिसार, काठमाडौंबाट लाभांश रकम बुझिलिन सक्ने संस्थाले जनाएको छ ।

पाँच वर्ष पुगिसक्दा पनि शेयरधनीले विभिन्न आर्थिक वर्षको लाभांश लिन नआएका कारण कम्पनी ऐन अनुसार लगानीकर्ता संरक्षण कोषको व्यवस्थापन तथा सञ्चालन कार्यविधि २०७३ अनुसार स्थापित लगानीकर्ता संरक्षण कोषमा पठाएको संस्थाले जनाएको छ ।

पाँच वर्षभन्दा पुरानो भुक्तानी हुन बाँकी लाभांश रकम सम्वन्धि शेयरधनीको नामसहित मिर्मिरे लघुवित्तको वेबसाइटमा राखिएको पनि कम्पनीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS