IME Life New

शुभ लक्ष्मी कोषको लाभांश घोषणा, प्रतिफलबापतको रकम पुनः लगानी गर्न सकिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लक्ष्मी म्युचुअल फन्डअन्तर्गत सञ्चालित शुभ लक्ष्मी कोषको लाभांश घोषणा भएको छ।

कोष प्रवर्द्ध लक्ष्मी सनराइज बैंक र योजना व्यवस्थापक लक्ष्मी सनराइज क्यापिटल रहेको शुभ लक्ष्मी कोषका इकाइधनीहरुका लागि आर्थिक वर्ष २०८०।८१को लाभांश प्रस्ताव गरेको छ। योजना व्यवस्थापकको साउन १४ गते बसेको बैठकले यस म्युचुअल फन्डका इकाइधनीहरुलाई करसहित ७.५ प्रतिशत नगद प्रतिफल दिने निर्णय गरेको हो।

Esewa
Crest

प्रस्तावित लाभांशका लागि साउन १५ गते बुक क्लोज गर्ने निर्णय पनि क्यापिटलले गरेको छ। यसको अर्थ साउन १४ गतेसम्म कायम इकाइधनीहरुले प्रस्तावित लाभांश पाउनेछन्।

यो एउटा खुलामुखी योजना हो। यस योजनाका इकाइधनीहरुले आफूले प्राप्त गर्ने लाभांश (कर तथा निर्धारित डीपी शुल्क कट्टीपछि)बराबरको रकमबाट सो लाभांश वितरणपछि समायोजित मूल्यमा लाभांश पुनः लगानी योजनामार्फत उक्त रकमले हुन आउने थप इकाइ खरिद गर्न सक्ने छन्। यो सुविधा लिन इच्छुक इकाइधनीले साउन २१ गतेसम्म नाम दर्ता गराउनुपर्नेछ।

योग्य इकाइधनीले अनलाइनमार्फत लाभांश पुनः लगानी योजनामा आफ्नो नाम दर्ता गराउन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS