IME Life New

शुन्य कार्बन उत्सर्जनकाे सामूहिक अभियानबाट किन बाहिरियाे म्युनिख रि ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै । कार्वन उत्सर्जन शुन्य बनाउनका लागी बीमा कम्पनीहरुबीच गठन भएकाे समूहबाट विश्वव्यापी पुनर्बीमा कम्पनी म्युनिख रि बाहिरिएकाे छ।

स‌ंयुक्त राष्ट्र संघले आयाेजना गरेकाे नेट-शून्य बीमा गठबन्धन (NZIA) मा आफ्नो डेकार्बोनाइजेसन लक्ष्यहरूको दायरालाई सीमित गरेको रूपमा अविश्वास जोखिमहरू उद्धृत गर्दै सदस्यता बन्द गर्ने घोषणा गरेको छ।

Esewa
Crest

बीमा जाेखिम स्वीकार गर्दा कार्वन उत्सर्जन गर्ने हरित ग्याँस उत्पादनमूलक उद्मयहरूलाई निरुत्साहित गर्दै सन् २०५० सम्ममा शुन्यमा झार्ने लक्ष्यसहित संयुक्त राष्ट्र संघकाे अगुवाईमा विश्वकाे कूल स‌ंकलित बीमाशुल्ककाे १५ प्रतिशत हिस्सा ओगटेका ३० वटा बीमा कम्पनीहरुकाे गठबन्धन एनजिआईए गठन गरेकाे हाे ।

रिइन्स्याेरेन्स न्यूजका अनुसार म्युनिख रिका प्रमुख कार्यकारी अधिकृत जोआचिम वेनिंगले गठबन्धनले जलवायू स‌ंरक्षणकाे आफ्नो लक्ष्य अनुसार अघि बढ्न बाधा सिर्जना गर्ने देखिएपछि बाहिरिने निर्णय गर्नुपरेकाे उल्लेख गरेका छन् ।

“हाम्रो विचारमा, विश्वव्यापी बीमकहरु बीच सामूहिक दृष्टिकोणमा कार्वन उत्सर्जन रहित लक्ष्यहरू पछ्याउने अवसरहरू यति सीमित छन् कि व्यक्तिगत रूपमा विश्वव्यापी बढ्दाे तापक्रम घटाउने दिशामा हाम्रो जलवायू सम्बन्धी महत्वाकांक्षालाई पछ्याउनु नै धेरै प्रभावकारी देखिएकाे छ,” वेनिङले भने।

म्युनिख रिले एनजिआइए बाहिर रहे पनि जलवायू लक्ष्यहरूमा अडिग रहेर सन् २०२५ काे अन्त्यसम्ममा आफ्ना लगानी सूचीमा समावेश गरिएका परियाेजनाहरुमा हरितगृह ग्याँस उत्सर्जनलाई २९ प्रतिशतले घटाउने पहिलो चरणको लक्ष्य पुरा गर्ने प्रतिबद्धता व्यक्त गरेकाे छ ।यसबाहेक सन् २०५० सम्ममा हरित ग्याँस उत्सर्जन परियाेजनाहरुलाई शुन्यमा झार्नेछ ।

जर्मनीमा मुख्यालय रहेकाे याे पुनर्बीमा कम्पनी विश्वकाे सर्वाधिक ठूलाे पुनर्बीमा कम्पनी हाे ।

पेट्राेलियम पदार्थकाे प्रशाेधन, खानी उत्सर्जन, पृथ्वीकाे रक्षा कवच मानिएकाे ‍ओजाेन तहलाई क्षति पुर्याउने हानिकारक ग्याँसहरु उत्सर्जन गर्ने उत्पादनहरु उत्पादन गर्ने परियाेजनाहरुमा आफ्नाे लगानी घटाउँदै लैजाने र यस्ता परियाेजनाहरुकाे जाेखिम बहनका लागी बीमा सुरक्षा प्रदान गर्ने कार्यलाई पनि निरुत्साहित गर्दै लैजाने लक्ष्य विश्वव्यापी अभियानमा सहभागी पुनर्बीमा कम्पनीहरुले लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS