IME Life New

शीर्ष २० धनाढ्यको सूचीमा फेरि गौतम अडानीको इन्ट्री, एक सातामै १० अर्ब डलरले बढ्यो सम्पत्ति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतीय शेयर बजारमा निरन्तर उकालो लाग्ने क्रममा अर्बपति व्यापारी एवं अडानी ग्रुपका अध्यक्ष गौतम अडानीको सम्पत्तिमा उछाल आएको छ। गत हप्ता गौतम अडानीको कुल सम्पत्ति १० अर्ब डलरले बढेको छ। ब्लुमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार हाल गौतम अडानीको कुल सम्पत्ति ७०.३ अर्ब डलर रहेको छ।

हिन्डनबर्गको प्रतिवेदनपछि भएको घाटाका कारण गौतम अडानी धनीको शीर्ष २० सूचीबाट बाहिर थिए तर अहिले उनको सम्पत्तिमा भएको भारी वृद्धिका कारण उनी विश्वका १६ औँ धनीव्यक्ति बनेका छन्।

Esewa
Crest

धनीको सूचीमा रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानी अहिले गौतम अडानीभन्दा तीन स्थान अगाडि छन्। मुकेश अम्बानी ९०.४ अर्ब डलरको सम्पत्तिका साथ यो सूचीमा १३ औँ स्थानमा छन्।

यूएस इन्टरनेसनल डेभलपमेन्ट फाइनान्स कर्पोरेसन (डीएफसी)को प्रतिवेदनपछि मंगलबार अडानी समूहको शेयर २० प्रतिशतले बढेको छ। डीएफसीको प्रतिवेदनमा हिन्डनबर्ग रिसर्चले अडानी समूहविरुद्ध लगाएको कर्पोरेट धोखाधडीको आरोपको कुनै योग्यता नभएको उल्लेख छ।
शेयर बजारमा अडानी समूहका सूचीकृत सबै १० कम्पनीको शेयरभाउ यो साता बढेको छ। अडानीको कुल बजार पुँजीकरण भारु १३ लाख करोड रुपैयाँ पार गरेको छ। –एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS