IME Life New

शिवम सिमेण्ट्समा चहलपहल बढ्न थाल्यो, के देखाउँछ आजको फ्लोरसिटले ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

केही समय यता सुस्ताएको शिवम् सिमेन्टसको बजार मूल्य विगत ४ कारोवार दिन देखि केही चहलपहल बढ्दो छ। आज शिवम् सिमेन्टस बजार मूल्य सर्वाधिक ९ दशमलव ७६ प्रतिशतले वृद्धि भएको छ। कम्पनीको आज ४ करोड ७६ लाख बराबको शेयर खरिद बिक्री भएको छ।
शिवम सिमेण्ट्सको अघिल्लो कारोवार दिन प्रति कित्ता ३७९ मा बजार बन्द भएकोमा आज ९ दशमलव ७६ प्रतिशतले बजार मूल्य वृद्धि हुँदै ४१६ प्रति कित्तामा बन्द भएको छ।
आज कम्पनीको पहिलो कारोवार ३८६ रुपैयामा भएकोमा दिन भरमा न्यून विन्दु प्रति कित्ता ३७३ थियो। आज कम्पनीको उच्च विन्दु र अन्तिम विन्दु एउटै रहेको छ।

आज २५ नम्बर ब्रोकरबाट शिवमको सर्वाधिक ५२ लाख ७५ हजार बराबरको १३ हजार १ सय ५७ कित्ता शेयर खरिद भएको छ भने ४४ नम्बर ब्रोकरबाट ५० लाख ३० हजार बराबरको १२ हजार ८ सय ६४ कित्ता शेयर बिक्री भएको छ।

Esewa
Crest

त्यस्तै ५८ नम्बर ब्रोकरबाट ३३ लाख ७० हजार बराबरको शेयर खरिद भएको छ भने ४८ नम्बरबाट ४१ लाख ५४ हजार कित्ता शेयर बिक्री भएको छ।

शिवम सिमेण्ट्सको अघिल्लो पटकको बुलमा ५८ नम्बर ब्रोकरबाट सर्वाधिक खरिद बिक्री भएको थियो।

श्रोत : मेरो लगानी /डाटा एनालाईटिक्स

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS