IME Life New

शिवमले ल्यायो चेतनामूलक सन्देशको संग्रह ‘शिवम सन्देश’, घर निर्माणबारे जानकारी एकैठाउँमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । के तपाइँ घर बनाउँदै हुनुहुन्छ रु वा घर बनाउने सोचमा हुनुहुन्छरु पख्नुस्, तपाइँका लागि एउटा अत्यन्तै उपयोगी खबर छ।
एउटा आफ्नै घर होस् भन्ने इच्छा प्रायः सबैको हुन्छ र घर बनाउने सपना पूरा गर्न हामीले जीवनको ठूलो हिस्सा खर्चन्छौँ पनि। वर्षौंंको मेहनत र पसिनाले बनाएको घर योजनाअनुरुपकै होस्, घर बनाउँदा कुनै गल्ती वा कमजोरी नहोस् भन्ने चाहना सबैको हुन्छ। सपनाको घर निर्माण गर्ने क्रममा दुःखले कमाएको सम्पत्ति बालुवामा पनि हाले सरी व्यर्थमा खर्च हुन नदिन सही विशेषज्ञ र प्राविधिकको सल्लाह अत्यावश्यक र लाभप्रद हुन्छ। त्यसैले एनएस क्वालिटी अवार्ड २०१९ बाट पुरस्कृत नेपालकै पहिलो सिमेन्ट कम्पनी शिवम सिमेन्टले ‘शिवम सन्देश’ लिएर आएको छ।

शिवम सन्देश गुणस्तरीय, सुरक्षित र जुगौँ टिक्ने घर निर्माणका लागि जनचेतनामूलक सन्देशहरुको संग्रह हो। यसमा घर निर्माण पूर्वनिर्माणका योजनाहरु बनाउँदै गर्दा, घर बनाउँदै गर्दा र घर बनाइसकेपछि ध्यान दिनुपर्ने विभिन्न महत्वपूर्ण जानकारीहरुसमावेश गरिएकोछ।

Esewa
Crest

घर बनाउने जग्गाको छनोट गर्नेबारेका सुझावदेखि गुणस्तरीय निर्माण सामग्रीको छनोट र भण्डारण कसरी गर्ने रु विभिन्न मौसममा घर बनाउँदा के–कस्ता कुरामा विचार पुर्याउने रु जस्ता थुप्रै अतिउपयोगी जानकारीहरुसमेटिएको शिवम सन्देशले ‘भरोसा अटुटसम्बन्धको’ भन्ने शिवम सिमेन्टको नारालाई अझै उचाइमा पुर्याएको छ।

भूकम्प र बाढीजस्ता प्राकृतिक प्रकोपप्रतिरोधी घर निर्माण कसरी गर्ने रु इन्जिनियर र आर्किटेक्टजस्ता प्राविधिकको महत्व कति हुन्छ रु साथै घर बनाउँदा बजेटको व्यवस्थापन र वितरण कसरी गर्नेजस्ता जटिल लाग्ने प्रश्नहरुको सरल जनबोलीमा दिइएका सल्लाह र सुझाव शिवम सन्देशमा समेटिएका छन्। साथै, साधारण लाग्ने तर घर निर्माणको योजना बनाउन र घर निर्माणका क्रममा निकै उपयोगी हुनसक्ने महत्वपूर्ण जानकारी, सल्लाह र सुझाव पनि शिवम सन्देशमा समेटिएका छन्।

सन् २००९ मा मध्य नेपालको हेटौँडामा स्थापित शिवम सिमेन्ट उद्योगले स्थानीय गुणस्तरीय चुनढुंगाको प्रयोग गरी उच्चगुणस्तरीय शिवम सिमेन्टको उत्पादन गर्दै आएको छ। निर्माण व्यवसायी र सर्वसाधारणको भरोसा र विश्वास जित्दै आएको शिवम सिमेन्टले लिएर आएको शिवम सन्देश उपभोक्ताप्रतिको उत्तरदायित्वर जिम्मेवारीको उत्कृष्ट उदाहरण हो। शिवम सन्देश शिवम सिमेन्टको आधिकारिक वेब पेज, फेसबुक, युट्युब र इन्स्टाग्राममा गएर हेर्न सकिन्छ।

घर निर्माणका चरण जत्तिकै महत्वपूर्ण घर निर्माणको योजना पनि हो। आफूसँगै परिवारको सुरक्षित बसोबासका लागि सुरक्षित र टिकाउ घर निर्माणको योजनामा यथेष्ट समय खर्चनु हाम्रो दायित्व हो। आजको सावधानीले सबैको भविष्य सुखी सुरक्षित हुन्छ। अतः के तपाइँ घर बनाउँदै हुनुहुन्छरु या घर बनाउने योजनामा हुनुहुन्छरु यदि हुनुहुन्छ भने पख्नुहोस्, एकचोटी शिवम सन्देश अवश्य हेर्नुहोस्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS