IME Life New

शिखर इन्स्योरेन्स कम्पनीको मुनाफा ११ प्रतिशतले बढ्यो, पुँजी ३० प्रतिशतले बढ्दा पनि प्रतिशेयर आम्दानी ३५ रुपैयाँ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। शिखर इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक अवधिमा ११.७३ प्रतिशतले मुनाफा बढाएको छ। कम्पनीले पुस मसान्तसम्ममा २४ करोड १४ लाख रुपैयाँ मुनाफा आर्जन गरेको हो। गत वर्षको यहि अवधिमा कम्पनीले २१ करोड ६० लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो।

कम्पनीले चुक्ता पुँजी ३० प्रतिशतले बृद्धि गर्दा प्रतिशेयर आम्दानीमा भने ५ रुपैयाँले गिरावट आएको छ। मुनाफामा सुधार भएकाले प्रतिशेयर आम्दानी ४० रुपैयाँबाट ३५ रुपैयाँ कायम गर्न सफल भएको हो। शिखरले कुल बीमा शुल्क आर्जन २० प्रतिशतले बढाएको छ। समिक्षा अवधिमा २ अर्ब ११ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको कम्पनीको खुद बीमा शुल्क आर्जन भने ७४ करोड ४५ लाख रुपैयाँ रहेको छ।

Esewa
Crest

कम्पनीको दाबी भुक्तानी २० प्रतिशतले घटेको छ। यसै अवधिमा ३७ करोड १५ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ। अभिकर्ताले एक करोड २३ लाख रुपैयाँ कमिसन प्राप्त गरेका छन्। पोलिसी संख्या भने १८ प्रतिशलते घटेको देखिन्छ। दोस्रो त्रैमाशिक अवधिमा कम्पनीले एक लाख ४६ हजार वटा पोलिसी बिक्री गरेको छ।

कम्पनीको चुक्ता पुँजी एक अर्ब ३७ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ९४ करोड ७ लाख रुपैयाँ जम्मा गर्न सफल भएको छ। बीमा कोष ११ प्रतिशतले बढाएर एक अर्ब १७ करोड रुपैयाँको भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS