IME Life New

शिखर इन्स्योरेन्सले देशव्यापी रक्तदान गरी स्थापना दिवस मनाउँदै, हालसम्म ३३७ युनिट रगत संकलन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शिखर इन्स्यारेन्स कम्पनी लिमिटेडले आफ्नो स्थापना दिवसको अवसरमा देशव्यापी रक्तदान कार्यक्रमको आयोजना गरी मनाउने भएको छ । कम्पनिले स्थापनको १८ औं बार्षिकोत्सवको अवसरमा देश व्यापी रुपमा रक्तदान कार्यक्रम गर्न लागेको हो ।

मंसिर २ गते कम्पनी स्थापनाको १८ बर्ष प्रवेशको अवसरमा कम्पनीले देशव्यापी रुपमा सम्पुर्ण प्रादेशीक कार्यलय, कम्पनीको शाखा कार्यालयहरु मार्फत रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको छ । आगमी मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधी तथा प्रदेश सभा निर्वाचनको क्रममा रगतको अभावबाट कसैको पनि ज्यान नजाओस भनी कम्पनीले रक्तदान कार्यक्रमको आयोजना गरेको कम्पनीका महाप्रबन्धक पुष्कर महतले बताए । बीमा व्यवसाय भनेको भविष्यमा आई पर्न सक्ने जोखिमको पुर्व सावधानी भएजस्तै निर्वाचनको क्रममा रगत अभाव नहोस भन्ने हेतुले स्थापना दिवसको अवसर पारेर रक्तदान कार्यक्रमको आयोजना गरेको महाप्रबन्धक महतको भनाई छ ।

Esewa
Crest

कम्पनीको सामाजीक उत्तरदायित्व बहन गर्दै स्थापना दिवसको अवसरमा देशव्यापी रुपमा रक्तदान कार्यक्रमको आयोजना गरी मनाउने तयारी गरेको हो । कम्पनीले आयोजना गरेको देशव्यापी रक्तदान कार्यक्रममा हालसम्म ३३७ युनिट रगत संकलन भएको शिखर इन्स्योरेन्स मानव संसाधन विभाग प्रमुख शिखा मैनालीले जानकारी दिइन्।

उनका अनुसार हालसम्म शिखरको प्रादेशिक कार्यालय बिरगंजमा ५३ युनिट, भरतपुरमा ७६ युनिट, सुर्खेतमा ६० युनिट, महेन्द्रनगरमा २१ युनिट, धनगढीमा ३८ युनिट, माडीमा ५९ युनिट र चापागाँगमा ३० युनिट रगत संकलन भएको छ । यस्तै देश भरका अन्य प्रादेशीक तथा शाखा कार्याहरु मार्फत विभिन्न मितिमा रक्तदानका कार्यक्रमहरु संचालन हुदै आइरहेको उनको भनाई छ । आागमी मंसिर २ गते पर्ने कम्पनीको १८ औ बार्षिकोत्सवको अवसर सम्म कम्पनिले देशै भरबाट झण्डै एक हजार युनिट भन्दा बढी रगत संकलन गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ ।

कम्पनीले स्थापना दिवस मंसिर २ गते देशव्यापी रुपमा एकै साथ रक्तदान कार्यक्रमको आयोजना गर्ने कम्पनीको योजना भएको तर आसन्न प्रतिनिधी तथा प्रदेश सभाको निर्वाचन मंसिर ४ गते भएको हुँदा र उल्लेखित समयमा निर्वाचनको मौन अवधि रहने भएकोले साताव्यापी रुपमा स्थान अनुकुल कार्यक्रम गरेको जनाएको छ । शिखर इन्स्यारेन्स कम्पनी स्थापनको छोटो अवधिमा नै नेपालमा संचालित निर्जिवन बीमा कम्पनी मध्यको एक अग्रणी कम्पनी बन्न सफल भएको छ । शिखरले गत आर्थिक बर्ष २०७८/७९ मा मात्र निर्जिवन बीमा व्यवसायमा पहिलो पटक पाँच सय करोड बढीको कारोबार गर्दै नयाँ इतिहास रच्न सफल भएको थियो ।

यसैबिच शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको लुम्बिनी प्रादेशीक कार्यालयले यही कात्तिक ३० गते लुम्बिनी प्रदेशका विभिन्न स्थानमा एकैसाथ रक्तदान कार्यक्रमको आयोजना गरेको कम्पनिका लुम्बिनी प्रदेश प्रमुख किरण काफ्लेले जानकारी दिए । उनका अनुसार लुम्बिनी प्रदेश अन्तर्गत बुटवल, दाङ्गमा कात्तिक ३० गते र नेपालगञ्जमा मंसिर १ गते रक्तदान कार्यक्रमको अयोजना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS