IME Life New

शिखर इन्स्योरेन्सको साधारणसभा सम्पन्न, २७.७६ प्रतिशत बोनस शेयर र ३० प्रतिशत हकप्रदको प्रस्ताव पारित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले सोमबार एकैदिन १५ र १६ औ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । साधारणसभा कम्पनीकोे प्रधान कार्यालय थापाथलीको सभाहलमा सम्पन्न भएको हो । साधारणसभाले यस अगाडि सञ्चालक समितिले प्रस्ताव गरेको बोनस शेयर र हकप्रद शेयर निष्काशन गर्ने विशेष प्रस्ताव पारित गरेको छ ।

कम्पनीले यस अगाडि ३० प्रतिशत हकप्रद शेयरबाट कायम शेयर पुँजीमा आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट २७.७६ प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित गरेको छ ।

Esewa
Crest

कम्पनीले गत साउन ४ गतेदेखि ३० प्रतिशत हकप्रद शेयर बिक्री गरेको थियो। हकप्रद शेयर पछि कम्पनीको चुक्ता पुँजी एक अर्ब ३६ करोड रुपैयाँ पुगेको थियो। यसै पुँजीको २७.७६ प्रतिशत बोनस पारित भए सँगै कम्पनीको चुक्ता पुँजी एक अर्ब ७३ करोड रुपैयाँ पुगेको छ । यहि पुँजीको ३० प्रतिशत हकप्रद निष्काशन पछि भने कम्पनीको चुक्ता पुँजी २ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ।

कम्पनीले बोनस शेयर वितरण पछि कायम हुने शेयर पुँजीमा सर्वसाधाण शेयरधनीको हिस्सा ४९ प्रतिशत पुर्याउने विशेष प्रस्ताव पारित भएको छ ।  हाल संस्थापक शेयर पुँजीको हिस्सा ६० प्रतिशत रहेको छ भने सर्वसाधारणको ४० प्रतिशत छ। शेयर कन्भर्जन पछि संस्थापक तर्फ ५१ प्रतिशत र सर्वसाधारण तर्फ ४९ प्रतिशत पुगेको छ ।

सभाले  आर्थिक वर्ष २०७७/७८ का लागि लेखापरिक्षकको नियुक्ति र पारिश्रमिक तोक्ने तथा आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षकको नियुक्ति पनि अनुमोदन गरेको छ ।

यसैगरी, साधारणसभाबाट सर्वसाधारण सेयरधनी समूह ‘ख का सेयरधनीबाट निर्वाचित हुने २ संचालकका लागि निर्वाचन समेत भएको छ । निर्वाचनबाट दिनेशबज्र बज्राचार्य र स्कन्दकुमार अमात्य निर्वाचित भएका छन् ।

साधारणसभामा संचालक समितिका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले नेपालमा अहिलेसम्म शिखर इन्स्योरेन्स सबै हिसाबले अगाडि रहेको उल्लेख गर्दै आगामी दिनमा पनि यसरी नै अगाडि बढ्ने र नम्बर वान कम्पनीको प्रतिष्ठा कायम गरेर अगाडि बढ्ने बताए ।

यस्तै, कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिप प्रकाश पाण्डेले सेयरधनीले उठाएका जिज्ञासाहरुको जवाफ दिंदै कम्पनीलाई नयाँ उचाई दिने र अझ प्रतिफलमुखी बनाई अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।  सो क्रममा उनले कृषि क्षेत्रलाई प्राथमिकता दिएर अगाडि बढ्ने, प्रादेशिक स्तरमा आफ्नै भवनहरु निर्माण गर्ने लगायतका प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS