IME Life New

शिखर इन्स्यारेन्सद्धारा धादिङमा बीमा सचेतना कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको धादिङ शाखाले धादिङ जिल्लाको सदरमुकाम निलकण्ठ नगरपालिकामा बीमा सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम धादिङ जिल्ला पशुसेवा कार्यालयका प्रमुख संदिप सिलवालको सभापतित्वमा सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा भने त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष राजु उप्रेती, विशेष अतिथिमा शिखर इन्स्योरेन्स कम्पनी केन्द्रीय कार्यालयका नायब महाप्रबन्धक उदित प्रसाद काफ्ले रहेका थिए ।

बीमा सम्बन्धी जनचेतना विस्तार गर्ने, बीमा दाबी सम्बन्धी समस्याहरु छिटो निराकरण गर्ने उदेश्य राखी आयोजना गरिएको कार्यक्रममा ज्वालामुखी गाउँपालिकाका अध्यक्ष उमेश श्रेष्ठ, निलकण्ठ नगरपालिका वडा न.८ का वडाध्यक्ष प्रकाश श्रेष्ठ, निलकण्ठ नगरपालिकास्थित कर्णेश्वर माध्यमिक विद्यालयका प्रधानध्यापक विष्णुहरी अधिकारी, निर्देशक दामोदर अर्याल, शिखर इन्स्योरेन्सका शाखा प्रमुख सितारामा अर्याल लगायत विभिन्न कार्यालय तथा संघसंस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । साथै कार्यक्रममा स्वागत मन्तव्य भने शिखर इन्स्योेरेन्सका शाखा प्रमुख सिताराम अर्यालले राखेका थिए ।

Esewa
Crest

विभिन्न वक्ताहरुले बीमा सम्बन्धी अनुभव, बीमा दावी सम्बन्धी गुनासो, बाली बीमा पनि गर्नुपर्ने, यस्तो कार्यक्रम सदरमुकाममा मात्र नभएर गाउँ गाउँमा गर्नुपर्ने आदि विचार राखेका थिए । कम्पनीका नायब महाप्रबन्धक उदित प्रसाद काफ्लेले सबै वक्ताहरुबाट आएको सुझाव र गुनासोको जवाफ दिँदै आगामी दिनमा यस्तो कार्यक्रम अन्य स्थानमा पनि गर्ने, बाली बीमाको बिस्तार गर्ने, बीमा दावीलार्य सहज र छिटो बनाउने विचार व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS