IME Life New

शाखा विस्तारका लागी पूर्वाधार बनाउँन सेबोनको निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेपाल धितोपत्र बोर्डले आठ वटा स्टक ब्रोकरलाई विभिन्न स्थानमा शाखा विस्तारको लागी तयारी गर्न निर्देशन दिएको छ । सबै प्रदेशमा ब्रोकरको उपस्थिती हुने गरी विभिन्न छ वटा स्थानमा पूर्वाधार तयार गर्न बोर्डले ब्रोकरलाई सुचित गरेको हो ।

बोर्डको आवहनमा २०७५ असारमा नै ब्रोकरहरुले शाखा विस्तारको लागी निवेदन दिएको थिए । उक्त अवधिमा निवेदन दिएका ब्रोकरलाई सम्भाब्यताका आधारमा आर्थिक रुपमा सक्षम रहेका स्थानमा शाखा विस्तार गर्न बोर्डले निर्देशन दिएको हो । बोर्डले ब्रोरकको शाखा नपुगेका स्थानमध्ये महेन्द्रनगर (कञ्चनपुर), विरेन्द्रनगर (सुर्खेत), घोराही, तुलसीपुर (दाङ), भैरहवा (रुपन्देही), र जनकपुर (धनुषा) मा शाखा विस्तारको तयारी गर्न निर्देशन दिएको हो ।

Esewa
Crest

त्यस्तै, बोर्डले धितोपत्र व्यवसायी नियमावली २०६४ संशोधन मस्यौदा तयार गर्ने क्रममा रहेको जनाएको छ । धितोपत्र मुद्रा तथा पूँजी बजारमा देखिएका प्रवित्तिहरुको समग्र मूल्यांकन गरी वित्तीय स्थायित्व एवं लगानीका लागि श्रोत व्यवस्थापन सम्बन्धी सुझाव समितिको प्रतिवेदन बमोजिम धितोपत्र दलाल व्यवसायलाई थप प्रतिस्पर्धी बनाउँन धितोपत्र दलाल व्यवसायी सम्बन्धी विद्यमान इजाजत र सञ्चालन नीतिमा पुनरावलोकन गर्न बाणिज्य बैकको सहायक कम्पनी तथा धितोपत्र दलाल व्यवसायीले अर्को धितोपत्र दलाल व्यवसायीलाई प्राप्ति गर्ने र गाम्भे/गाभिने, सम्बन्धमा नीतिगत व्यवस्था गर्ने तयारी भएको बोर्डले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS