IME Life New

शाखा प्रमुखहरुको सहभागितामा राष्ट्रिय बीमा संस्थानको समिक्षात्मक गोष्ठी सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानले शाखा प्रमुखहरुको सहभागितामा आर्थिक वर्ष २०७८/७९ को समिक्षा र आर्थिक वर्ष २०८०/८१ को बजेट तर्जुमा समिक्षात्मक गोष्ठी सम्पन्न गरेको छ। उक्त गोष्ठी काठमाडौंको एल्लो प्यागोडा होटेलमा सम्पन्न भएको हो । कार्यक्रममा संस्थानको भावी योजनाको बारेमा छलफल भएको थियो।

राष्ट्रिय बीमा संस्थानका विभागीय प्रमुखहरुले आफ्नो विभागको प्रस्तुति र शाखाको जिज्ञासाको बारेमा जवाफ दिएका थिए। व्यवसायको हिसाबले उत्कृष्ट शाखाहरुलाई प्रशंसा पत्र र नगदले सम्मान गरेका थिए। उत्कृष्ट हुने शाखाहरुमा प्रथम नारायणगढ, दोस्रो पोखरा र तेस्रो बुटवल तथा उपत्यकाबाट प्रथम लगनखेल शाखालाई सम्मान गरिएको थिए।

Esewa
Crest

शाखा प्रमुखहरुले आफ्नो प्रगति विवरण र समस्या बारे प्रस्तुति दिएका थिए। संस्थानको तर्फबाट प्रशासक कवि प्रसाद पाठकले जवाफ दिएका थिए। संस्थानको सहायक प्रशासक श्री कृष्ण कुमार श्रेष्ठ, व्यवस्थापक भोलानाथ घिमिरे लगायत अन्य कर्मचारीहरुको उपस्थिति रहेको

बजार व्यवस्थापन विभागको सहकार्यमा आयोजित उक्त कार्यक्रममा विभागका सह व्यस्थापक दिपा अधिकारीले शाखाको व्यवसायिक विवरण बारे प्रस्तुति दिएका थिए भने कार्यक्रमको सहजीकरण सहायक व्यवस्थापक सुजित प्रसाद शाहले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS