IME Life New

शाखा प्रमुखलाई मिर्मिरे लघुवित्तले दियो व्यवसाय प्रवद्र्धन तथा व्यवस्थापन तालिम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले चौथो त्रैमासको रिपोर्ट सार्वजनिक गरेको छ । संस्थाले चौथो त्रैमासमा २० करोड १ लाख ३३ हजार रुपैंया खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा यो आम्दानी खुद नाफा तर्फ झण्डै ४८२ प्रतिशत बढि हो ।

गत वर्षको भन्दा अझ राम्रो उपलब्धी हासिल गर्नको लागि यस आर्थिक वर्षको शुरुवातबाट डेढ सयको हाराहारीमा शाखा प्रमुखहरुलाई व्यवसाय प्रवद्र्धन तथा शाखा व्यवस्थापनको तालिम सम्पन्न गरेको छ ।

Esewa
Crest

यस आर्थिक वर्षको लक्ष्य अनुसारको उपलब्धी हासिल गर्नको लागि संस्थाले आर्थिक वर्षको शुरुको दिन बाट अधिराज्यका विभिन्न स्थानमा शाखा प्रमुखहरुलाई भेला पारी व्यवसाय बृद्धि, गुणस्तरीय लगानी, मैत्रीपुर्ण सेवा प्रवाह, जोखिम व्यवस्थापन, तनाव व्यवस्थापन लगायतका विषयहरुमा तालिम दिएको हो । श्रावण १ गते महोत्तरीको बर्दिवासबाट शुरु भएको तालिम कार्यक्रम क्रमशः डडेलधुराको अमरगढी, कैलालीको बौनिया र झापाको बिर्तामोडमा कार्यक्रम गर्दै हिजो बाट चितवनको भरपुरमा तालिम प्रदान गरेको हो ।

तालिमले कर्मचारीहरुमा उत्साह, थप उर्जा तथा व्यक्तिगत सीप र ज्ञानको बृद्धि भएको र लक्ष्य अनुसारको उपलब्धी हासिल गर्नको लागि धेरै सहज भएको हेटौंडा क्षेत्रका क्षेत्रीय प्रमुख तर्क रावलले जानकारी दिए । शाखा प्रमुुखहरुलाई आन्तरिक रुपमा कार्यकारी प्रमुखहरु, विभागिय प्रमुखहरु तथा क्षेत्रीय प्रमुखहरुहरुले प्रशिक्षित तथा सहजिकरण गरेका थिए ।

संस्थाले शाखा प्रमुखहरुको लागि मात्र नभई शुक्रवार र शनिवार चितवनकै सौराहामा अनुगमन प्रमुखहरु तथा क्षेत्रीय प्रमुखहरुको लागि प्रशिक्षण तथा समिक्षा कार्यक्रम राखिएको संस्थाका तालिम विभाग प्रमुख राजेश श्रेष्ठले जानकारी दिए ।

मिर्मिरेको चौथो त्रैमासको रिपोर्ट सन्तोषजनक रहेको र यस आर्थिक वर्ष उच्च लक्ष्य लिइएकोमा कर्मचारीहरुमा उच्च मनोवलले काम गर्ने वातावरण बनाउनको लागि कार्यक्रमहरुको नियमितता गरिएको संस्थाका सहायक प्रमुख कार्यकारी विर्ख बहादुर बोहराले बताए ।

शाखा प्रमुख तथा अनुगमन प्रमुखहरु पश्चात फिल्ड तहका कर्मचारीहरु एवं सदस्य लक्षित विभिन्न कार्यक्रमहरु वर्ष भरि नै संचालन गरिने र सदस्य सेवालाई प्रधानता राखेर कार्यक्रमहरु गरिने संस्थाका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद न्यौपानेले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS