IME Life New

शहरी क्षेत्रमा निक्षेप स्वीकार्ने र कर्जा लगानी गर्ने सहकारी संस्थाको दर्तामा रोक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले नगर क्षेत्रमा सहकारी दर्ता बन्द गर्न निर्देशन जारी गरेको छ । मन्त्रालयले बिहीबार प्रेस विज्ञप्ती जारी गर्दै महानगर, उपमहानगर र नगरपालिकालाई कार्यक्षेत्र बनाई बचत तथा ऋण परिचालनको उद्देश्य बोकेका कुनै पनि स‌हकारी स‌ंस्था दर्ता नगर्न संघ, प्रदेश र स्थानीय तहलाई निर्देशन दिएको हो ।

विज्ञप्तीमा बचत तथा ऋण कारोबारका लागि सहकारी स‌ंस्थाको दर्ता, कार्यक्षेत्र बिस्तार वा सेवा केन्द्रको स्वीकृतिमा रोक लगाउन निर्देशन दिइएको छ। मन्त्रालयका अनुसार देशभर ठूलो संख्यामा रहेका वचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरुबाट पछिल्लो समयमा सर्वसाधारणबाट बचत स्वीकार गर्ने र उच्च जोखिमयुक्त क्षेत्रमा लगानी गर्दा बचत डुब्ने समस्या विकराल बन्दै गएको छ। यसैका कारण पछिल्लो समयमा देशैभरका ठूला सहकारी स‌ंस्थाहरूले सदस्य तथा बचतकर्ताको बचत फिर्ता गर्न नसक्ने अवस्थामा पुगेका छन् ।

Esewa
Crest

सहकारी क्षेत्रको स‌ंकटले सम्पूर्ण वित्तीय क्षेत्र नै प्रभावित हुन सक्ने जोखिम बढ्दै गएकोले यस क्षेत्रको समस्या समाधानको लागि अर्को व्यवस्था गनुपर्ने मन्त्रालयले जानकारी दिएको छ । कार्तिक २३ गते बसेको मन्त्रिपषिदले शहरी क्षेत्रमा सहकारी दर्तामा रोक लगाउने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS