IME Life New

वोमी लघुवित्तद्धारा लाभांश घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्थाले लाभांश प्रस्ताव गरेको छ । संस्थाको हिजो बिहिबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजी ४१ करोड १९ लाख ४४ हजार रुपैयाँको २० प्रतिशतले हुन् आउने ८ करोड २३ लाख ८८ हजार ८ सय ८० रुपैयाँ बराबरको बोनश शेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।

Esewa
Crest

वोमी लघुवित्त र ग्रामीण स्वयंसेवक लघुवित्त वित्तीय संस्था एक आपसमा मर्जर भई एकीकृत कारोवार शुरुवात गरिसकेको हुनाले आयकर ऐन बमोजिम बोनश शेयरमा लाग्ने कर छुट दिने भएकाले कर प्रयोजनको लागि नगद लाभांश प्रस्ताव नगरिएको कम्पनीले सोही सुचनामा उल्लेख गरेको छ ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS