IME Life New

वोमी लघुवित्तको नाफामा आकर्षक वृद्धि, प्रति शेयर आम्दानी ६२ रुपैयाँ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

वोमी लघुवित्तले आर्थिक वर्ष ७५/७६ को चौथो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ। कम्पनीले खुद नाफामा ५६ प्रतिशतले वृद्धि गर्न सफल भएको छ।  कम्पनीले चौथो त्रैमास सम्म ६ करोड २७ लाख खुद नाफा गरेको छ।

Esewa
Crest

कम्पनीको प्रति  शेयर आम्दानी ६२ रुपैया ०८ पैसा रहेको छ।  आर्थिक वर्ष ७४/७५ मा कम्पनीको प्रति शेयर आम्दानी ४० रुपैयाँ २९ पैसा थियो।

कम्पनीको प्रमुख आम्दानीको श्रोतमा रहेको खुद व्याज आम्दानी ५२ प्रतिशतले वृद्धि हुँदै १ अर्ब ८४ करोड पुगेको छ।

जगेडा कोष २५१ प्रतिशतको वृद्धि भएर १४ करोड ४२ लाख पुगेको छ।  त्यस्तै निक्षेप संकलन ४४ प्रतिशतले वृद्धि हुँदै ६१ करोड ९३ लाख पुगेको छ।

सापटी रकम ४० प्रतिशतले वृद्धि हुँदै १ अर्ब १ करोड पुगेको छ भने कर्जा प्रवाह ५२ प्रतिशतले वृद्धि हुँदै १ अर्ब ८४ करोड पुगेको छ।

कम्पनीको किताबी मूल्य २४२ रुपैया ६६ पैसा छ भने खराब कर्जा ० दशमलव ५४ प्रतिशत छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS