IME Life New

विस्ताराको आज अन्तिम उडान, भोलिबाट एयर इन्डियाले सम्हाल्नेछ कमान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतीय उड्डययन क्षेत्रसँग सम्बन्धित एउटा ठूलो खबर आएको छ। टाटा ग्रुप र सिंगापुर एयरलाइन्सको स्वामित्वमा रहेको वायुसेवा कम्पनी विस्ताराले आज अन्तिम उडान गर्दैछ। भोलि अर्थात मंगलबार (१२ नोभेम्बर)बाट यो एयर इन्डियासँग गाभिनेछ र त्यसपछि यसको सम्पूर्ण सञ्चालन एयर इन्डियाले मात्र सञ्चालन गर्नेछ।

भोलिदेखि विस्ताराका विमानहरु आकाशमा उड्न नपाउने गरी नोभेम्बर १२ मा एयर इन्डियासँग गाभिएर एयर इन्डियाले सञ्चालन गर्नेछ। आज यो एयरलाइन्सले आफ्नै नाममा अन्तिम उडान गर्ने भएको छ।

Esewa
Crest

मर्जरपछि सिंगापुर एयरलाइन्सले संयुक्त लगानीमा नयाँ एकीकृत एयरलाइन्समा २५.१ प्रतिशत शेयर पाउनेछ। यो मर्जरपछि पहिलो महिनामा विस्तारा एयरको टिकट भएका १ लाख १५ हजार बढी यात्रुले एयर इन्डियाको उडानमा यात्रा गर्नेछन्। यात्रुले विस्ताराजस्तै अनुभव पाउने कम्पनीले जनाएको छ।

एयर इन्डिया–विस्तारा मर्जर सन् २०२२ नोभेम्बर २९ मा घोषणा गरिएको थियो र यसको अन्तिम मिति सन् २०२४ नोभेम्बर १२ का लागि तोकिएको थियो। जुन भोलि हो।

दुवै एयरलाइन्सको मर्जरपछि सिंगापुर एयरलाइन्सले एयर इन्डियामा भारु ३१९५ करोड थप लगानी गर्नेछ। जसका कारण एयर इन्डियामा २५.१ प्रतिशत शेयर हुनेछ। विस्तारा एयरलाइन्स टाटा ग्रुप र सिंगापुर एयरलाइन्सले सन् २०१५ मा संयुक्त रुपमा सुरु गरेको थियो र जसमा सिंगापुर एयरलाइन्सको ४९ प्रतिशत शेयर थियो भने टाटा ग्रुपको ५१ प्रतिशत हिस्सेदारी थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS