IME Life New

विश्व तेस्रो विश्वयुद्धको संघारमा छ, जो भने निद्रामा छन्: डोनाल्ड ट्रम्प

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आगामी अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले वर्तमान राष्ट्रपति जो बाइडेनलाई कडा निसाना बनाएका छन्। ट्रम्पले बाइडेनलाई ‘स्लिपी जो’ भनेर सम्बोधन गर्दै उनको खिल्ली उडाएका हुन्।

ट्रम्पले तेस्रो विश्वयुद्धको डर पनि व्यक्त गरेका छन्। ट्रम्पले भने, ‘नेताहरु अमेरिकामा सुतिरहेका छन्। निद्रामा जो बाइडेन क्यालिफोर्नियाको समुद्र तटमा सुतिरहेका छन्। त्यसैले चाँडै तेस्रो विश्वयुद्ध सुरु हुन सक्छ। मध्यपूर्वमा हाम्रा लागि कसले वार्ता गरिरहेको छ ? जताततै बम खसेको छ ! कामरेड कमला आफ्नो अत्यन्तै खराब उपराष्ट्रपति उम्मेदार ट्याम्पोन टिमसँग प्रचार बस यात्रामा छिन्। हामी यहाँ तेस्रो विश्वयुद्धतर्फ जाँदैछौँ।’

Esewa
Crest

ट्रम्पको बयानको समयलाई लिएर निकै चर्चा चलिरहेको छ। हालै इजरायलले लेबनानको इरान समर्थित आतंकवादी संगठन हिजबुल्लाहविरुद्ध ठूलो हवाई आक्रमण गरेको छ। इजरायलले दाबी गरेको छ कि हिजबुल्लाह आतंककारीहरुले इजरायलमा आक्रमण गर्ने योजना बनाएका थिए, जसलाई बिफल पार्न इजरायलले अग्रिम रकेट प्रहार गर्न थाल्यो र ३२० भन्दा बढी कात्युसा रकेटको सहयोगमा हवाई आक्रमण गरेको थियो।

मध्यपूर्वमा बढ्दो तनावका बीच २ दिनअघि अमेरिकी वायुसेनाका जनरल सीक्यू ब्राउनले मध्यपूर्वको भ्रमण गरेका थिए। यस भ्रमणमा नयाँ तनाव बढ्नबाट बच्ने उपायबारे छलफल भएको थियो। इजरायली हवाई आक्रमणपछि अगस्ट २४ मा हिजबुल्लाहले एक विज्ञप्ति जारी गर्दै भन्यो, ‘गत महिना हाम्रा शीर्ष कमान्डर फुआद शुक्रको हत्याको बदला लिन हामीले इजरायलमा सयौँ रकेट र ड्रोनहरु प्रहार गर्यौं।’

गत हप्ता जो बाइडेनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग फोनमा कुरा गरेका थिए। सो क्रममा दुईबीच सम्भावित गाजा युद्धबिराम र बन्धक आदान–प्रदानका विषयमा पनि छलफल भएको थियो। यो वार्ता अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनको मध्यपूर्व भ्रमणपछि भएको हो। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS