IME Life New

विश्व अर्थतन्त्रमा दुई दशकयताकै रेकर्ड ब्रेक गर्ने तरखरमा अमेरिका, चीनको अवस्था कस्तो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिका विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र हो। विश्व अर्थतन्त्रमा अमेरिकाको हिस्सा दुई दशकमा उच्चतम स्तरमा पुग्ने बाटोमा छ।

आईएमएफका अनुसार विश्व अर्थतन्त्रमा अमेरिकाको हिस्सा २६ प्रतिशत पुग्ने अनुमान गरिएको छ। यो दुई दशकयताकै उच्च हो।

Esewa
Crest

एक दशकअघि विश्व अर्थतन्त्रमा अमेरिकाको हिस्सा युरोपेली संघ र बेलायतको संयुक्त योगदानभन्दा बढी थियो। आज विश्व अर्थतन्त्रमा अमेरिकाको योगदान युरोपेली संघ र बेलायतको संयुक्त योगदानभन्दा ५ प्रतिशत बढी छ।

उता सन् २०२१ देखि विश्व अर्थतन्त्रमा चीनको हिस्सा लगातार घट्दै गइरहेको छ। यो २०२४ मा १७ प्रतिशत हुने अनुमान छ। अमेरिका र चीनबीचको खाडल लगातार बढ्दै गएको छ र अमेरिका कहिले पनि यस्तो बलियो स्थितिमा पुगेको थिएन।

झन्डै दुई दशकसम्म विश्वको कारखाना बनेको चीन आज आर्थिक मोर्चामा धेरै समस्याको सामना गरिरहेको छ। चीनको घरजग्गा क्षेत्र गहिरो संकटमा छ। यो क्षेत्रले चीनको अर्थतन्त्रमा करिब एक तिहाइ योगदान पुर्याउँछ। घरजग्गाको गिरावटले बैंकिङ क्षेत्र पनि गहिरो समस्यामा छ।

विदेशी कम्पनी र लगानीकर्ता चीनबाट बाहिरिरहेका छन्। कोरोनाकालपछि धेरै विदेशी कम्पनी चाइना प्लस वनको नीतिमा अगाडि बढिरहेका छन्।

चीनमा बेरोजगारी चरम सीमामा छ र अमेरिकासँगको तनाव कम हुने कुनै संकेत देखिएको छैन। चीन र अमेरिकाबीच धेरै विषयमा विवाद छ। चीन सरकारले राष्ट्रिय सुरक्षाको नाममा नियम कडा बनाएको छ। यही कारणले गर्दा विदेशी कम्पनी त्यहाँबाट बाहिरिरहेका छन्। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

33%
excited

उत्साहित

67%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS