IME Life New

विश्वले सन् २०२७ सम्म पहिलो खर्बपति पाउने, कसले पाउला यो ताज ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वले सन् २०२७ सम्म पहिलो ट्रिलियनियर (खर्बपति) पाउने अनुमान गरिएको छ। यो ताज टेस्लाका सीईओ एलन मस्कले पाउने प्रक्षेपण गरिएको छ। योसँगै अडानी समूहका अध्यक्ष गौतम अडानीले १ वर्षपछि अर्थात् २०२८ सम्ममा यो उचाइ हासिल गर्नेछन्।

इन्फर्मा कनेक्ट एकेडेमीले आफ्नो ‘२०२४ः ट्रिलियन डलर क्लब’ प्रतिवेदनमा यस्तो अनुमान गरेको हो। रिपोर्टका अनुसार मेटाका सीईओ मार्क जुकरबर्ग, रिलायन्स ग्रुपका सीईओ मुकेश अम्बानी र अमेजनका सीईओ जेफ बेजोस धेरै पछाडि रहनेछन्। हाल विश्वमा कुनै पनि व्यक्तिको कुल सम्पत्ति ट्रिलियन (खर्ब) डलर पुगेको छैन। तर, माइक्रोसफ्ट, एप्पल, एनभिडिया, अल्फाबेट, अमेजन र मेटाजस्ता कम्पनीहरु ‘ट्रिलियन डलर क्लब’ मा परेका छन्।

Esewa
Crest

रिपोर्टका अनुसार एलन मस्क विश्वको पहिलो ट्रिलियनियर हुनेछन्। उनीसँग टेस्ला, स्पेसएक्स र माइक्रोब्लगिङ प्लेटफर्म एक्सको स्वामित्व छ। सन् २०२७ सम्ममा उनको कुल सम्पत्ति १ ट्रिलियन डलर पुग्न सक्छ। विश्वका सबैभन्दा धनीव्यक्ति एलन मस्कको कुल सम्पत्ति अहिले २३७ अर्ब डलर छ।

भारतका दिग्गज उद्योगपति गौतम अडानी ‘ट्रिलियन डलर क्लब’ मा आबद्ध हुने विश्वकै दोस्रो व्यक्ति बन्ने अनुमान गरिएको छ। उनी भारतको पहिलो खर्बपति हुनेछन्। भारतको सबैभन्दा ठूलो औद्योगिक घरानामध्ये एक अडानी समूहका अध्यक्ष गौतम अडानीको सम्पत्ति सन् २०२८ सम्ममा १ ट्रिलियन डलरबराबर हुनेछ।

प्रतिवेदनका अनुसार सन् २०३० सम्ममा ‘ट्रिलियन डलर क्लब’मा थप धेरै व्यवसायी जोडिनेछन्। सन् २०२८ सम्म एआई चिप निर्माता एनभिडियाका सीईओ जेन्सेन ह्वाङ र इन्डोनेसियाका सबैभन्दा धनी व्यक्ति प्राजोगो पेनगेस्टु पनि यस क्लबमा सामेल हुन सक्छन्।

योसँगै फ्रान्सेली व्यापारी बर्नार्ड अर्नाल्ट सन् २०३० सम्ममा ट्रिलियनयर बन्न सक्नेछन्। फेसबुकको मूल कम्पनी मेटाका सीईओ मार्क जुकरबर्ग पनि सन् २०३० सम्ममा ट्रिलियनियर क्लबको हिस्सा बन्न सक्नेछन्।

गौतम अडानीपछि अम्बानी समूहका अध्यक्ष मुकेश अम्बानी यो सूचीमा सामेल हुनेछन्। यद्यपि उनलाई यो क्लबमा आबद्ध हुन ९ वर्ष लाग्नेछ। उनी सन् २०३३ मा खर्बपति बन्नेछन्।

हाल ९९.६ अर्ब डलरको नेटवर्थका साथ गौतम अडानी ब्लुमबर्ग बिलियनियर्स इन्डेक्समा १३ औँ स्थानमा छन्। रिपोर्टका अनुसार गौतम अडानीको नेटवर्थ वार्षिक औसत १२३ प्रतिशतका दरले बढिरहेको छ। योसँगै एलन मस्कको सम्पत्ति १०९.८ प्रतिशतको गतिमा बढिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS