IME Life New

विश्वमै अनौठो अभ्यासः जीडीपी घट्दा यो देशमा घटाइन्छ नेतादेखि राष्ट्रपतिसम्मको तलब

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वमा सबैभन्दा बढी तलब पाउने मन्त्रीहरुमा सिंगापुरका छन्। त्यहाँ प्रधानमन्त्रीले विश्वका नेताहरुमध्ये सबैभन्दा धेरै तलब पाउँछन्। तर, त्यहाँ विभिन्न घटनाक्रममा उनीहरुको तलब घट्ने र बढ्ने गर्छ।

सिंगापुरमा हरेक ५ वर्षमा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र संसदको तलब समायोजन गरिन्छ। उनीहरुको तलब मूल्यांकन गर्न समिति नै बनाइएको छ। त्यहाँ नेताहरुलाई भ्रष्टाचार गर्नबाट रोक्न र नयाँ–नयाँ सोच ल्याउन प्रेरित गर्ने हिसाबले आकर्षक तबल दिइएको हुन्छ।

Esewa
Crest

सिंगापुरमा नेतादेखि राष्ट्रपतिसम्मको तलब तिनको ग्रेड (एमआर४, एमआर३, एमआर२ र एमआर१)का आधारमा दिइन्छ। सबैभन्दा न्यूनतम तलब पाउनेमा ग्रेड एमआर४ वाला हुन्छन्।

सिंगापुरमा मन्त्रीहरुलाई जीडीपी ग्रोथमा आधारित जीडीपी बोनस दिइन्छ। जब कि उनीहरुलाई दिइने पफर्मेन्स बोसनको मूल्यांक प्रधानमन्त्रीले कामको मूल्यांकन गरेर दिने गरिन्छ।

सन् २०१० को कुरा गर्ने हो भने सबै भत्ताका साथ एमआर४ मन्त्रीको वार्षिक तलब १५ लाख ८३ हजार ९०० सिंगापुर डलर थियो। जब कि एमआर१ मन्त्रीको वार्षिक तलब २३ लाख ६८ हजार ६०० सिंगापुर डलर थियो।

सिंगापुरमा जीडीपी घट्दा नेता र मन्त्रीहरुको तलब घटाइन्छ भने बढ्दा बढाइन्छ। हाल सिंगापुरका प्रधानमन्त्री लरेन्स वाङ छन्। उनको अहिले वार्षिक तलब र बोनस गरेर १६ लाख ९० हजार सिंगापुर डलर रहेको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS