IME Life New

विश्वमा बीमा धोकाधडीका घटना बढ्दो क्रममा, वित्तीय लाभ लिन संगठित गिरोह नै सक्रिय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वमा बीमा धोकाधडीका घटना बढ्दो क्रममा रहेको पाइएको छ। बीमाबाट वित्तीय लाभ लिन संगठित गिरोह सक्रिय बनेका छन्।

रिइन्स्योरेन्स ग्रुप अफ अमेरिका (आरजीए)ले सार्वजनिक गरेको ‘ग्लोबल क्लेम्ज फ्रड सर्भे–२०२४’ प्रतिवेदनले यस्तो देखाएको हो। विश्वमा बीमा धोकाधडीप्रति बीमकहरुको ठूलो टाउको दुःखाइको विषय बनेको प्रतिवेदनमा उल्लेख छ।

Esewa
Crest

बीमा धोकाधडीका घटना न्यूनीकरण गर्न बीमकहरुलाई ठूलो चुनौती बनेको छ। सर्भेमा सहभागी ७४ प्रतिशत उत्तरदाताले अघिल्लो वर्षको तुलनामा बीमा धोकाधडीका घटना बढेको बताएका छन्।

आरजीएले गरेको यो सर्भे दोस्रो हो। यसअघि २०१७ मा आरजीएले यस्तो सर्भे गरेको थियो। यी दुवै सर्भे विशेषगरी जीवन र स्वास्थ्य बीमा दाबी विज्ञहरुसँग गरिएको थियो। हाल गरिएको सर्भेमा बीमा दाबी विज्ञको सहभागिता अघिल्लो सर्भेको तुलनामा तीनगुणा बढी रहेको आरजीएले जनाएको छ। सर्भेमा ६० प्रतिशत विज्ञ एसिया प्रशान्त क्षेत्रबाट सहभागी थिए।

सर्भे बीमा धोकाधडीका घटनालाई ३ वर्गमा विभाजन गरेर गरिएको थियो। जसमा सबैभन्दा धेरै बीमा धोकाधडीका घटना संगठित गिरोहबाट भएको पाइएको प्रतिवेदनमा उल्लेख छ। यस्ता गिरोहले फर्जी बीमा दाबीबाट प्राप्त रकम अन्य गैरकानुनी गतिविधिमा प्रयोग गरेको पाइएको छ।

प्रायः दाबी प्रक्रिया अगाडि बढाउन फर्जी कागजपत्र पेस गर्ने गरेको पाइएको छ। प्रतिवेदनमा उल्लेख भएअनुसार प्रत्येक ३० वटा दाबीमा एउटा फर्जी फेला पर्ने गरेको छ।

सर्भेमा सहभागी ३५ प्रतिशतले फर्जी दाबी बढेको जबाफ दिएका थिए भने ३९ प्रतिशतले स्थिर रहेको बताएका थिए। तीमध्ये ७२ प्रतिशतले बीमा धोकाधडीका लागि फर्जी दाबी गर्नेमा ग्राहककै संलग्नता बढी देखिएको बताएका थिए। जब कि बीमा धोकाधडीमा संलग्न दोस्रो व्यक्ति भने बीमा एजेन्ट नै रहेको उनीहरुले बताएका थिए। एजेन्टले बीमितलाई नै फर्जी दाबीका लागि उस्काउने र कीर्ते कागजपत्र बनाउन सघाउने गरेको सर्भेका क्रममा पाइएको थियो।

बीमा धोकाधडीका घटनामा चिकित्सकहरुको पनि संलग्न देखिएको प्रतिवेदनमा उल्लेख छ। सर्भेमा सहभागी २३ प्रतिशतले फर्जी मेडिकल रिपोर्ट बनाउन सघाउने चिकित्सकहरुमाथि कारबाही गर्न सुझाएका छन्। –एजेन्सी

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS