IME Life New

विश्वमा धेरै विमान खरिद सम्झौता गर्ने यस्ता छन् १५ एयरलाइन्स, भारतीय कम्पनीहरु रचे इतिहास

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतका एयरलाइन्स कम्पनीहरुले तीव्रगतिमा आफ्नो सेवा विस्तार गरिरहेका छन्। सन् २०२३ मा विमान खरिदमा भारतीय कम्पनीहरुले रेकर्ड कायम गरेका छन्।

विमान निर्माता कम्पनी बोइङ र एयरबसको तथ्यांकअनुसार भारतको सबैभन्दा ठूलो इन्डिगो एयरलाइन्सले गत वर्ष जुनमा एयरबसको ५०० वटा विमान खरिदका लागि अर्डर दिएको छ। जुन एभिएसनको हालसम्मको इतिहासमा सबैभन्दा ठूलो अर्डर हो। ती विमानको डेलिभरी वर्ष २०३५ देखि २०३५ को बीचमा हुने भनिएको छ।

Esewa
Crest

उता टाटा ग्रुपको हिस्सा बनिसकेको एयर इन्डियाले गत फेब्रअरीमा ४७० वटा विमान खरिदका लाग अर्डर दिएको छ। वर्ष २०२३ मा इन्डिगो र एयर इन्डियाले कुल ९७० विमान खरिदका लागि अर्डर दिएका छन्।

यी भारतीय कम्पनीलाई टक्कर दिने हालसम्म विश्वका कुनै अन्य एयरलाइन्स देखिएको छैन। अमेरिकी एयरलाइन्स कम्पनी साउथवेस्ट एयरलाइन गत वर्ष विमान खरिदका लागि अर्डर दिने मामिलामा तेस्रो स्थानमा रहेको छ। यो कम्पनीले १५६ वटा विमान खरिदका लागि अर्डर दिएको छ।

अमेरिकाको अर्को युनाइटेड एयरलाइन्सले ११० वटा विमान खरिदका लागि सम्झौता गरेको छ। अमेरिकाका यी दुई विमान कम्पनीले कुल २६६ वटा विमान खरिदका लागि अर्डर दिएका छन्। यस्तै, एमिरेट्सले पनि १५६ वटा विमान खरिदका लागि सम्झौता गरेको छ।

यी हुन् सबैभन्दा धेरै विमान खरिदका लागि सम्झौता गर्ने कम्पनीहरु

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS