IME Life New

विश्वको यो सहरमा बस्छन् सबैभन्दा धेरै अर्बपति, शीर्ष १० मा कुन–कुन सहर ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौैं । विश्वका शीर्ष १० धनीमध्ये ९ जना अमेरिकाका छन्। तिनीहरुमध्ये एकमात्र गैरअमेरिकी फ्रान्सका बर्नार्ड अर्नाल्ट हुन्। यो सूचीमा उनी १९७ अर्ब डलरसहित तेस्रो स्थानमा छन्। पहिलोमा एलन मस्क (२०८ अर्ब डलर) र दोस्रोमा जेफ बेजोस (१९८ अर्ब डलर) छन्।

मार्क जुकरबर्ग, बिल गेट्स, स्टिभ बाल्मर, वारेन बफेट, ल्यारी पेज, ल्यारी एलिसन र सर्गेई ब्रिन शीर्ष १० धनाढ्यभित्र परेका छन्। उनीहरु सबै अमेरिकाका हुन्। के तपाइँलाई थाहा छ विश्वको कुन सहरमा सबैभन्दा धेरै अर्बपति बसोबास छन् ? जबाफ न्युयोर्क हो। अमेरिकाको यो सहरमा १०१ जना अर्बपति बसोबास गर्छन्।

Esewa
Crest

न्युयोर्कपछि हङकङमा विश्वमा सबैभन्दा धेरै अर्बपति छन्। फोर्ब्सका अनुसार यो सहर ७० अर्बपतिको घर छ। यसपछि चीनका दुई सहर बेइजिङ र सांघाई छन्। बेइजिङमा ६८ अर्बपतिहरु छन् भने सांघाईमा ६५ अर्बपतिहरुको घर छ।

चीनको सबैभन्दा ठूला धनी झोङ शानशान हुन्। ब्लुमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार उनको कुल सम्पत्ति ६६.४ अर्ब डलर छ र उनी विश्वका धनीव्यक्तिको सूचीमा २२ औँ स्थानमा छन्।

यो सूचीको पाँचौँ बेलायतको राजधानी लण्डन रहेको छ। यस सहरमा ६३ अर्बपतिहरु बस्छन्। मिडिया रिपोर्टका अनुसार गोपीचन्द हिन्दुजा बेलायतका सबैभन्दा धनी व्यक्ति हुन्। उनको परिवारको कुल सम्पत्ति ३५ अर्ब पाउन्ड छ।

रुसको राजधानी मस्को यो सूचीमा छैटौँ स्थानमा छ। यस सहरमा ६१ अर्बपति बस्छन्। ब्लुमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार भ्लादिमिर पोटानिन रुसका सबैभन्दा धनीव्यक्ति हुन्। उनको कुल सम्पत्ति ३०.४ अर्ब डलर छ र उनी विश्वका धनीव्यक्तिको सूचीमा ५० औँ स्थानमा छन्।

भारतको आर्थिक राजधानी मुम्बईमा ५६ अर्बपति बस्छन्। जसमा एशिया र भारतका सबैभन्दा ठूलो धनी मुकेश अम्बानी पनि पर्छन्। अम्बानी ११४ अर्ब रुपैयाँको सम्पत्तिका साथ विश्वका धनीव्यक्तिको सूचीमा ११ औँ स्थानमा छन्। चीनको सेन्जेनमा ५४, सिंगापुरमा ४६, दिल्लीमा ३७ र सान फ्रान्सिस्कोमा ३७ अर्बपति बसोबास गर्छन्। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS