IME Life New

विश्वको बैंकास्योरेन्स बजार ५१५ अर्ब डलरको पुग्ने प्रक्षेपण, एसिया प्रशान्तको महत्वपूर्ण योगदान रहने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वको बैंकास्योरेन्स बजार ५१५ अर्ब अमेरिकी डलरको पुग्ने प्रक्षेपण गरिएको छ। सन् २०२८ सम्म ५१५.८ अर्ब डलरको बैंकास्योरेन्सको बजार हुने प्रक्षेपण टेकनाभियोले गरेको हो।

कम्पाउन्डिङ वार्षिक वृद्धिदर ७.७९ प्रतिशतका साथ विश्वको बैंकास्योरेन्स बजारको आकार बढ्ने अनुमान गरिएको छ। यसमा एसिया प्रशान्त क्षेत्रको ५४ प्रतिशतको महत्वपूर्ण योगदान रहने प्रक्षेपण गरिएको छ।

Esewa
Crest

यो वर्षका लागि बैंकास्योरेन्स बजार ६.७४ प्रतिशतले विस्ता हुन सक्ने अनुमान पनि गरिएको छ। यो वृद्धि बीमाका लागि बढ्दो आवश्यकता र डिजिटल मार्केटिङ प्लेटफर्मको उदयले उत्प्रेरित रहेको छ। यद्यपि प्रतिष्ठामा जोखिमजस्ता चुनौतीले बजारको प्रक्षेपणलाई असर गर्न सक्छ।

इन्टरनेट र स्मार्ट उपकरणको प्रसारले बैंकास्योरेन्स बजारलाई विशेषगरी सोसल मिडियाजस्ता डिजिटल मार्केटिङ प्लेटफर्ममार्फत गहिरो प्रभाव पारेको छ।

सन् २०२१ सम्म विश्वव्यापी जनसंख्याको ६० प्रतिशतभन्दा बढीमा इन्टरनेट पहुँच थियो। यो संख्या पूर्वानुमान अवधिमा बढ्ने अपेक्षा गरिएको छ।

विशेषगरी मोबाइलमा आधारित प्लेटफर्म र डिजिटल बिक्रीमार्फत हुने प्राविधिक प्रगतिले बैंकास्योरेन्स फर्महरुलाई अझ प्रभावकारी सेवा प्रदान गर्न सक्षम बनाएको छ। उच्च गतिको इन्टरनेट र मोबाइल एपले उपभोक्तालाई बीमा खरिद गर्न सजिलो बनाएको छ। यसले बैंकास्योरेन्स क्षेत्रको वृद्धिमा योगदान पुर्याएको टेकनाभियोको प्रतिवेदनमा उल्लेख छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS