IME Life New

विश्वको दोस्रो ठूलो अर्थतन्त्रमा मन्दी ! १.०७ ट्रिलियन डलरको प्याकेजले गरेन काम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनले हालै आफ्नो अर्थतन्त्रलाई पुनरुत्थान गर्न १.०७ ट्रिलियन डलरको ठूलो प्याकेज घोषणा गरेको थियो। त्यसपछि चीनको शेयर बजारमा निकै उकालो लागेको थियो। कतिपय विदेशी लगानीकर्ताले भारतजस्ता मुलुकबाट पैसा निकालेर चिनियाँ बजारमा लगानी गरिरहेका छन्। तर, केही लगानीकर्ताले यो चिनियाँ प्याकेजको सफलतामा आशंका व्यक्त गरेका थिए र उनीहरुको आशंका सही साबित हुने बाटोमा देखिएको छ।

अहिलेसम्म यो प्याकेजले चीनको अर्थतन्त्र खासै ठूलो सकारात्मक प्रभाव पारेको देखिँदैन। चालु वित्त वर्षको तेस्रो त्रैमासमा चीनमा उपभोक्ता मूल्यमा गिरावट आएको छ। यो लगातार छैटौँ त्रैमास हो र यो १९९९ पछिको गिरावटको सबैभन्दा लामो अवधि हो।

Esewa
Crest

चीनको अर्थतन्त्र पहिले नै मन्दीमा फसेको र यसबाट बाहिर आउन लामो समय लाग्ने अनुमान गरिएको छ। चीनमा डिफ्लेक्सनको अवस्था कायम छ। सन् २००८ मा लगातार ५ त्रैमाससम्म चीनमा डिफ्लेक्सनको अवस्था थियो। तर, यसपटक त्योभन्दा माथि पुगेको छ।

सारा विश्व मुद्रास्फीतिले पीडित छ तर चीनमा उल्टो नदी बगिरहेको छ। समस्या यो हो कि डिफ्लेक्सन मुद्रास्फीतिभन्दा खराब मानिन्छ। यसमा सामानको मूल्य घट्छ। यो अर्थतन्त्रमा मुद्रा र ऋणको आपूर्तिमा आएको गिरावटसँग सम्बन्धित छ।

डिफ्लेक्सनलाई अर्थतन्त्रका लागि राम्रो संकेत मानिएको छैन। यदि तपाइँलाई थाहा हुन्छ कि भोलि चीजको मूल्य घट्दैछ भने तपाइँ किन आज किन्नुहुन्छ ? यसरी अर्थतन्त्र ठप्प हुन्छ।

सन् १९९० को दशकमा जापानमा यस्तै भएको थियो। आज पनि जापान त्यो अवस्थाबाट बाहिर निस्कन सकेको छैन।

चीनको अर्थतन्त्र धेरै क्षेत्रमा संघर्ष गरिरहेको छ। बेरोजगारी दशकौँको उचाइमा पुगेको छ, उत्पादनमा गिरावट आएको छ र घरजग्गा व्यवसायमा संघर्ष गरिरहेको छ। उपभोक्ताको माग कमजोर छ। चिनियाँ उपभोक्ताले देश मन्दीमा परेकोजस्तो व्यवहार गरिरहेका छन्।

अमेरिका र चीनबीचको सम्बन्ध विगत केही वर्षदेखि राम्रो चलिरहेको छैन। दुवै देश एक–अर्काका कम्पनीविरुद्ध कारबाहीमा व्यस्त छन्। अमेरिकाले चीनबाट आयात हुने धेरै वस्तुमा भन्सार बढाएको छ।

चीनमा मन्दीका कारण सारा विश्व प्रभावित हुनेछ। किनकि चीन विगत ३ दशकदेखि विश्व अर्थतन्त्रको इन्जिन बनेको छ। त्यसैले चीनमा मन्दीको सम्भावना विश्व अर्थतन्त्रका लागि खतराको घन्टी हो। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS