IME Life New

विश्वको दोस्रो ठूलो अर्थतन्त्र ऋणले चुर्लुम्म, विश्व अर्थतन्त्रमा खतराको संकेत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चीन सरकारले आफ्नो अर्थतन्त्रलाई पुनरुत्थान गर्न अर्बौं डलरको प्रोत्साहन प्याकेज घोषणा गरेको छ। तर, यसले देशको ऋण संकट समाधान हुने देखिँदैन।

विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनको ऋण–जीडीपी अनुपात वर्षको पहिलो त्रैमासिकमा ३६६ प्रतिशतको सर्वकालीन उच्च स्तरमा पुगेको छ। सन् २००८ को आर्थिक संकटपछि यो अनुपात दोब्बर भएको छ। गैरवित्तीय कर्पोरेटको अनुपात उच्चतम १७१ प्रतिशतमा छ। यसपछि सरकारी ऋण अनुपात ८६ प्रतिशत छ। अमेरिकामा सरकारको ऋण–जीडीपी अनुपात १२५ प्रतिशत छ।

Esewa
Crest

झन्डै तीन दशकदेखि विश्वको कारखाना बनेको चीन अहिले धेरै मोर्चामा संघर्ष गरिरहेको छ। चीनको अर्थतन्त्र मुद्रास्फीतिको अवधिबाट गुज्रिरहेको छ। सन् १९९० को दशकदेखि जापानको अर्थतन्त्र अड्किएको यही अवस्था हो। अमेरिकासँगको तनावले चीनको अवस्था नाजुक बनाएको छ।

चीनमा बेरोजगारी चरम सीमामा छ। घरजग्गा क्षेत्र गहिरो संकटमा छ र जनता पैसा खर्च गर्नुको साटो बचत गर्न व्यस्त छन्। चीनको अवस्थाको प्रभाव अन्य देश र विदेशी कम्पनीमा पनि देखिन्छ। जापानको निर्यात केही महिनायता पहिलो पटक घटेको छ। यसको कारण चीनमा मागमा कमी आएको हो।

यदि चीनको अर्थतन्त्र डुब्यो भने सम्पूर्ण विश्वको वृद्धि प्रभावित हुनेछ। हालै विश्वको सबैभन्दा ठूलो फेसन कम्पनी एलएमभीएचको शेयरमा ठूलो गिरावट आएको छ। यसको कारण चीनमा कम्पनीको बिक्री घटेको थियो।

त्यसैगरी विश्वका धेरै कम्पनीको वृद्धिमा चीनको ठूलो भूमिका छ। विश्व बजारहरु चिनियाँ सामानले भरिएका छन्। तर विज्ञहरुका अनुसार चीनमा सन् २००८ को जस्तै मन्दीका लक्षणहरु देखिन थालेका छन्। त्यसैले चीनमा मन्दीको सम्भावना विश्व अर्थतन्त्रका लागि खतराको घन्टी हो।

यसैबीच तेस्रो त्रैमासिकमा चीनको वृद्धि डेढ वर्षयताकै न्यून देखिएको छ। नेसनल ब्युरो अफ स्ट्याटिस्टिक्सले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार चीनको अर्थतन्त्र सेप्टेम्बरको त्रैमासिकमा ४.६ प्रतिशतले वृद्धि भएको छ। जुन अघिल्लो त्रैमासिकमा ४.७ प्रतिशत थियो। यो २०२३ को सुरुदेखिकै न्यून वृद्धि हो।

पछिल्लो समय चिनियाँ सरकारले अर्थतन्त्रलाई पुनरुत्थान गर्न धेरै घोषणा गरेको छ। जसमा ब्याजदर घटाउने र घर खरिदसँग सम्बन्धित नियमहरुमा छुट समावेश छ। तर, लगानीकर्तामा भने यसप्रति खासै उत्साह छैन। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

60%
amazed

अचम्मित

0%
excited

उत्साहित

40%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS