IME Life New

विश्वको दोश्रो ठूलो हिमाल केटुमा फहरायो सिटिजन लाइफको झण्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमाल आरोही छिरिङ शेर्पाले विश्वको दोश्रो ठूलो हिमाल माउण्ट केटुको शिखरमा जीवन बीमा कम्पनी सिटिजन लाइफ इन्स्योरेन्सको झण्डा फहराएका छन् ।

पाकिस्तानको के टु हिमालको सफल आरोहणपछि उत्साहित हुँदै आरोही छिरिङ शेर्पा । तस्वीर साभारः सिटिजन लाइफ

सिटिजन लाइफका अभिकर्ता समेत रहेका शेर्पाले ८ हजार ६११ मिटर अग्लो यो हिमाल पाकिस्तानी भूभागबाट आरोहण गरेका हुन् । शेर्पाले यसअघि नै दुई पटक विश्वको सर्वोच्च शिखरको सफल आरोहण गरि सकेका छन् । उनीसँग तीन पटक मनास्लु हिमालको साथै एक पटक धवलागिरी हिमाल र आमा दब्लम हिमाल आरोहणको पनि व्यक्तिगत रेकर्ड छ।

Esewa
Crest

शेर्पाका अनुसार स्थानीय समय अनुसार २८ जुलाइमा बिहान ९ः१५ बजे केटु हिमालको सफलतापूर्वक आरोहण सम्पन्न भएको हो। उनी जापानी हिमाल आरोहण दलको साथमा केटु हिमाल आरोहणमा थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS