IME Life New

विश्वकै मजबुत बीमा ब्रान्ड बन्यो एलआईसी, ब्रान्ड स्ट्रेन्थ रेटिङ ‘त्रिपल ए’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतीय बीमा कम्पनी लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) अन्तर्राष्ट्रिय रुपमा सबैभन्दा बलियो बीमा ब्रान्डका रुपमा उभिएको छ। ‘ब्रान्ड फाइनान्स इन्स्योरेन्स १००–२०२४’ रिपोर्टअनुसार एलआईसीको ब्रान्ड मूल्य ९.८ अर्ब अमेरिकी डलर रहेको छ। यो कम्पनीका ब्रान्ड स्ट्रेन्थ इन्डेक्स स्कोर ८८.३ र सम्बद्ध ‘त्रिपल ए’ ब्रान्ड स्ट्रेन्थ रेटिङ पनि छ।

ब्रान्ड फाइनान्स इन्स्योरेन्सको विज्ञप्तिअनुसार क्याथे लाइफ इन्स्योरेन्सलाई एलआईसीपछिको सूचीमा दोस्रो बलियो बीमा ब्रान्डका रुपमा चित्रण गरिएको छ। क्याथे लाइफ इन्स्योरेन्सको ब्रान्ड मूल्य ९ प्रतिशतले बढेर ४.९ अर्ब डलर पुगेको छ। त्यसपछि एनआरएमए इन्स्योरेन्स रहेको छ। जसको ब्रान्ड मूल्य ८२ प्रतिशतले बढेर १.३ अर्ब डलर पुगेको छ।

Esewa
Crest

विज्ञप्तिअनुसार चीनका बीमा ब्रान्डहरुले विश्वव्यापी वरियतामा आफ्नो प्रभुत्व कायम राखेका छन्। पिङ एन ब्रान्डले मूल्य ४ प्रतिशतले बढेर ३३.६ अर्ब डलर पुगेको छ। यसपछि तेस्रो र पाँचौँ स्थानमा चाइना लाइफ इन्स्योरेन्स र सीपीआईसी रहेका छन्।

एलआईसी भारतले वित्त वर्ष २०२२।२३ मा सबैभन्दा धेरै प्रथम बीमाशुल्क संकलन भारु ३९ हजार ९० करोड आर्जन गरेको छ। जब कि एसबीआई लाइफ इन्स्योरेन्स र एचडीएफसी लाइफ इन्स्योरेन्सले क्रमशः भारु १५ हजार १९७ करोड र १० हजार ९७० करोडको प्रथम बीमाशुल्क आर्जन गरेका छन्।

भारत सरकारले अगस्ट २०२२ देखि लागू हुने एलआईसीका कर्मचारीका लागि १७ प्रतिशतले तबल वृद्धि गर्ने प्रस्ताव स्वीकृत गरेको छ। यसबाट कम्पनीका १ लाख १० हजारभन्दा बढी कर्मचारी लाभान्वित भएका छन्। एलआईसीको शेयर पनि भारु १ हजार १७५ को हालसम्मकै उच्च स्तरमा पुगेको छ। जसका कारण यो भारतको सबैभन्दा मूल्यवान सार्वजनिक क्षेत्रको उपक्रम (पीएसयू) बनेको छ। बजार मूल्यांकनमा एसबीआईलाई उछिनेर एलआईसी पाँचौँ सबैभन्दा मूल्यवान भारतीय सूचीबद्ध कम्पनीका रुपमा रहेको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

38%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

63%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS