IME Life New

विश्वकै दोस्रो शक्तिशाली सीईओ बने मुकेश अम्बानी, पछाडि परे एलन मस्क र टिम कुक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रिलायन्स इन्डस्ट्रिज लिमिटेडका अध्यक्ष तथा प्रबन्ध निर्देशक मुकेश अम्बानी फेरि विश्वकै दोस्रो शक्तिशाली प्रमुख कार्यकारी अधिकृत (सीईओ) बन्न सफल भएका छन्।

लगातार दोस्रो वर्ष मुकेश अम्बानी ब्रान्ड गार्डियनसिप इन्डेक्स २०२४ का आधारमा विश्वका दोस्रो शक्तिशाली सीईओ बन्न सफल भएका हुन्। उनले माइक्रोसफ्टका सीईओ सत्य नडेला, गुगलका सीईओ सुन्दर पिचाई, एप्पलका टिम कुक र टेस्लाका एलोन मस्कलाई पछाडि पारेका छन्। योसँगै मुकेश अम्बानी ‘डाइभर्सिफाइड’ समूहको श्रेणीमा शीर्ष स्थानमा रहेका सीईओ पनि बनेका छन्।

Esewa
Crest

ब्रान्ड फाइनान्सले जारी गरेको सूचीमा टेन्सेन्टका सीईओ हुवाटेङ मा ८१.६ अंक प्राप्त गर्दै पहिलो स्थानमा छन्। मुकेश अम्बानी भारतीयहरुको सूचीमा पहिलो र विश्वस्तरमा दोस्रो स्थानमा परेका छन्।

ब्रान्ड फाइनान्सले अम्बानीलाई ८०.३ को बीजीआई स्कोर दिएको छ। जुन हुवाटेङ माभन्दा १.३ अंकमात्र कम हो। जुन गतिमा आफ्नो व्यवसाय विस्तार गरिरहेका छन्, अम्बानी छिट्टै नम्बर एक स्थानमा पुग्न सक्ने अनुमान गरिएको छ। यस सूचीमा समावेश अन्य भारतीयका बारेमा कुरा गर्दा टाटा सन्सका अध्यक्ष एन चन्द्रशेखरन पाँचौँ स्थानमा पुगेका छन् भने २०२३ को वरियतामा चन्द्रशेखरन आठौँ स्थानमा थिए। योसँगै महिन्द्रा एन्ड महिन्द्राका अनिश साह ब्रान्ड फाइनान्सको सूचीमा छैटौँ स्थानमा छन्। उनीपछि सूचीमा १६ औँ स्थानमा इन्फोसिसका सलिल पारेख छन्।

यस सूचकांकले सीईओलाई कर्मचारी र लगानीकर्ताको हितलाई ध्यानमा राखी व्यवसाय गर्ने तथा सामाजिक उत्तरदायित्व बुझ्दै व्यापार वृद्धि गर्ने मापदण्ड समावेश छ। यस आधारमा ब्रान्ड फाइनान्सले सर्वेक्षणमा सीईओहरुको कार्यसम्पादन मापन गर्दछ। यसमा कम्पनीका सीईओको वर्तमान क्षमतासँगै भविष्यका योजनाहरु पनि हेरिन्छ। त्यसपछि सीईओको क्षमता र दृष्टिकोणका आधारमा सूचकांकमा अंक दिइन्छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

27%
happy

खुसी

0%
sad

दु :खी

13%
amazed

अचम्मित

60%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS