IME Life New

विश्वकै दोस्रो ठूलो अर्थतन्त्रमा मन्दीको संकेत, शेयर लगानीकर्ताको ४ खर्ब डलर स्वाहा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनको समस्या कम हुने संकेत देखिएको छैन।

वर्ष २०२३ को चौथो त्रैमासिकमा चीनको जीडीपी डिफ्लेटर १.५ प्रतिशतले घटेको छ। यो देशभरको मूल्य मापनको एउटा विधि हो। विश्व महँगीको समस्यासँग जुधिरहेको बेला चीन लामो समयदेखि डिफ्लेसनको अवस्थासँग संघर्ष गरिरहेको छ।

Esewa
Crest

चीनमा लगातार तेस्रो त्रैमासिकमा जीडीपी डिफ्लेटरमा गिरावट आएको छ। यो सन् १९९९ पछिको सबैभन्दा लामो गिरावट हो। सन् २००८ को वित्तीय संकटको समयमा पनि चीनमा सामानको मूल्य दुई चौथाइमात्रै घटेको थियो। तर, यसपटक भने अवस्था झन् बिग्रँदै गएको छ।

कमजोर उपभोक्ता विश्वास र घरजग्गा बजार संकटलाई यसको प्रमुख कारण मानिएको छ। विज्ञहरु भन्छन्, ‘चीन मन्दीमा फसेको छ।’

चीनमा लामो समयदेखि डिफ्लेसनको सम्भावना रहेको छ। जुन अर्थतन्त्रका लागि राम्रो संकेत होइन। चिनियाँ राष्ट्रपति सी जिनपिङले पनि हालै देशको अर्थतन्त्र ओरालो लागेको स्वीकार गरेका छन्।

चीनको अर्थतन्त्र कोरोना महामारीको प्रभावबाट बाहिर निस्कन संघर्षरत छ। चीनले धेरै चुनौतीको सामना गरिरहेको छ। रियल इस्टेट गहिरो संकटमा छ। बेरोजगारी चरम सीमामा छ। विदेशी कम्पनीहरु धमाधम बाहिरिँदैछन्। विदेशी लगानीकर्ताले चीनमा लगानी घटाइरहेका छन्।

सन् २०२१ देखि चीनको शेयर बजारबाट लगानीकर्ताले ४ खर्ब डलरभन्दा बढी घाटा व्यहोरेका छन्। गत वर्ष चीनको शेयर बजारले विश्वमा सबैभन्दा खराब प्रदर्शन गरेको थियो र यो वर्ष पनि स्थितिमा कुनै परिवर्तन आएको देखिँदैन। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

12%
happy

खुसी

49%
sad

दु :खी

10%
amazed

अचम्मित

18%
excited

उत्साहित

12%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS