IME Life New

विश्वकै दोस्रो ठूलो अर्थतन्त्रलाई झट्का, साउदीले खोस्यो यस्तो ताज

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । झन्डै दुई दशकसम्म विश्व अर्थतन्त्रको इन्जिन बनेको चीन अहिले धेरै क्षेत्रमा पछि पर्न थालेको छ। यही बेला १२ वर्षमा पहिलोपटक साउदी अरेबियाले चीनबाट इमर्जिङ मार्केट बोरोअरको उपाधि खोसेको छ।

साउदी अरेबियाले यस वर्ष ३३.२ अर्ब डलरको अन्तर्राष्ट्रिय बन्ड जारी गरेको छ भने चीन २३.३ अर्ब डलरसहित दोस्रो स्थानमा झरेको छ। २० अर्ब डलरसहित दक्षिण कोरिया तेस्रो र १८.५ अर्ब डलरसहित युएई चौथो स्थानमा छ।

Esewa
Crest

साउदी अरेबियाको अर्थतन्त्रको आकार चीनको कुल गार्हस्थ्य उत्पादनको १६ भाग बराबर छ। विगत १२ वर्षदेखि चीन सबैभन्दा ठूलो इमर्जिङ मार्केट बोरोअर थियो। तर, यो ट्रेन्डमा परिवर्तन आएको छ। चीनमा लोक करेन्सी बन्डको खरिदमा उछाल आएको छ।

साउदी अरबका युवराज मोहम्मद बिन सलमानको भिजन २०३० योजनालाई विदेशी लगानीकर्ताले स्वीकार गरेका छन्। यही कारण साउदीले कीर्तिमानी गतिमा अन्तर्राष्ट्रिय बन्ड जारी गरिरहेको छ। चीन १८.५३६ ट्रिलियन डलरका साथ विश्वको दोस्रो ठूलो अर्थतन्त्र हो। जब कि साउदीको अर्थतन्त्र १.११२ ट्रिलियन डलरको छ।

साउदीको जीडीपी पहिलो त्रैमासमा १.८ प्रतिशतले घटेको थियो। गत वर्षको चौथो त्रैमासमा पनि साउदीको जीडीपी ३.७ प्रतिशतले घटेको थियो। तेल उत्पादनमा कटौती र कच्चा तेलको मूल्यमा आएको गिरावटका कारण साउदीको अर्थतन्त्र प्रभावित भएको थियो। साउदी अरब विश्वमा कच्चा तेलको सबैभन्दा ठूलो निर्यातकर्ता हो।

चीनको अर्थतन्त्र केही समयदेखि विभिन्न आर्थिक मोर्चामा संघर्ष गरिरहेको छ। अमेरिकापछि युरोपेली मुलुकसँग पनि तनाव भइरहेको छ। चिनियाँ सरकारको सबै प्रयासका बाबजुद पनि घरजग्गा क्षेत्र अस्तव्यस्त छ। चीनको कुल गार्हस्थ्य उत्पादनमा घरजग्गा क्षेत्रको हिस्सा ३० प्रतिशत रहेको छ। जसका कारण ठूलो संख्यामा बैंकहरु डुब्ने खतरा बढेको छ।

एक प्रतिवेदनअनुसार ठूलो संख्यामा चिनियाँ अर्बपतिहरु अन्य देशमा स्थानान्तरण भइरहेका छन्। यो वर्ष १५ हजारभन्दा बढी चिनियाँ अर्बपति देश छाड्ने तयारीमा रहेको प्रतिवेदनमा उल्लेख छ। – एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS