IME Life New

विश्वकै तेस्रो ठूलो अर्थतन्त्रमा फेरि मन्दीको त्रास, यस्तो छ कारण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र जर्मनीका लागि खराब समाचार आएको छ। यो वर्षको दोस्रो त्रैमासिकमा देशको अर्थतन्त्रमा अप्रत्याशित गिरावट आएको छ।

मंगलबार जारी गरिएको तथ्यांकअनुसार जर्मनीको जीडीपी जुन त्रैमासिकमा पहिलो त्रैमासिकको तुलनामा ०.१ प्रतिशतले घटेको छ। दोस्रो त्रैमासिकमा जर्मनीको जीडीपीमा ०.१ प्रतिशतले वृद्धि हुने अपेक्षा गरिएको थियो। पहिलो त्रैमासिकमा जर्मन अर्थतन्त्रमा थोरै विस्तार भएको थियो। जसले यो ट्रयाकमा फर्किने आशा जगाएको थियो। तर, दोस्रो त्रैमासिकको कार्यसम्पादनले मुलुकमा मन्दीको डरलाई फेरि बलियो बनाएको छ। प्राविधिक रुपमा लगातार दुई त्रैमासिकमा गिरावटलाई मन्दी भनिन्छ।

Esewa
Crest

उता युरोजोनको जीडीपी दोस्रो त्रैमासिकमा ०.३ प्रतिशतले बढेको छ। यस अवधिमा जर्मनीका छिमेकी मुलुकहरुको प्रदर्शन राम्रो रह्यो। जर्मनीको यो अवस्थाका लागि चीनको अर्थतन्त्र धेरै हदसम्म जिम्मेवार रहेको विज्ञहरु बताउँछन्। चीनको अर्थतन्त्र धेरै क्षेत्रमा संघर्ष गरिरहेको छ। जर्मनीको सबैभन्दा ठूलो व्यापार साझेदार हो। तर, जर्मनीको पनि आफ्नै समस्या छन्। देश दक्ष जनशक्तिको अभावमा छ। साथै, ऊर्जाको मूल्य उच्च स्तरमा पुगेको छ।

हाल जर्मनी अमेरिका र चीनपछि विश्वको तेस्रो ठूलो अर्थतन्त्र हो भने जापान चौथो स्थानमा छ। भारत पाँचौं नम्बरमा छ।
फोर्ब्सका अनुसार अमेरिका हाल २८.७८३ ट्रिलियन डलरका साथ विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र हो। चीन १८.५३६ ट्रिलियन डलरको साथ दोस्रो स्थानमा छ। जर्मनी (४.५९ ट्रिलियन) तेस्रो र जापान (४.११२ ट्रिलियन) चौथोमा छ। भारतको अर्थतन्त्रको आकार हाल ३.९४२ ट्रिलियन डलर छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS