IME Life New

विश्वकै ठूलो विमानस्थल सन् २०३० बाट सञ्चालनमा आउने, ६ वटा रनवे, डेढ लाखलाई रोजगारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साउदी अरेबियाको रियादमा रहेको किङ सलमान इन्टरनेसनल एयरपोर्ट सन् २०३० बाट सञ्चालनमा आउने भएको छ। सञ्चालनमा आएसँगै यो विश्वकै ठूलो विमानस्थल बन्नेछ।

यो विमानस्थल ५७ वर्ग किलोमिटर (२२ वर्ग माइल) क्षेत्रफलमा फैलिएको छ। यस विशाल नयाँ विमानस्थलमा ६ वटा रनवे हुनेछन् । लगभग १२ वर्ग किलोमिटर क्षेत्रमा मनोरञ्जन र सपिङ कम्प्लेक्सहरु हुनेछन्।

Esewa
Crest

साउदी प्रेस एजेन्सीले नयाँ विमानस्थल निर्वाध ग्राहक यात्रा, विश्वस्तरीय कुशल सञ्चालन र नवीनताको वरिपरि केन्द्रित एयरोट्रोपोलिस बन्ने आशा राखेको छ। सन् २०३० मा विमानस्थल खुल्दा १२ करोड यात्रु हवाई सुविधा दिइने अपेक्षा गरिएको छ । यो संख्या २०५० सम्ममा १८ करोड ५० लाख यात्रुमा पुग्ने अपेक्षा गरिएको छ।

यो विमानस्थल ब्रिटिस आर्किटेक्चर फर्म फोस्टर प्लस पार्टनर्सद्वारा डिजाइन गरिएको हो। जब कि यूके निर्माण फर्म मेसले महत्वाकांक्षी नयाँ एयरपोर्टका लागि डेलिभरी पार्टनरका रुपमा जिम्मेवारी वहन गरेको छ।

साउदी प्रेस एजेन्सीका लागि एक विज्ञप्तिमा भनिएको छ, ‘विमानस्थल परियोजना रियादलाई विश्वको शीर्ष १० सहर अर्थतन्त्रमा परिणत गर्ने र २०३० सम्ममा रियादको जनसंख्या बढाएर २ करोडसम्म पुर्याउन सहयोग गर्ने साउदी अरेबियाको दृष्टिकोणअनुरुप छ।’

किङ सलमान अन्तर्राष्ट्रिय विमानस्थलले पनि यस क्षेत्रमा करिब १ लाख ५० हजार रोजगारी सिर्जना गर्ने अपेक्षा गरिएको छ। विशाल नयाँ एयरपोर्टले किंग खालिद अन्तर्राष्ट्रिय विमानस्थलस्थित टर्मिनल अवशोषित गर्नेछ। जुन पहिलोपटक १९८३ मा खोलिएको थियो।

यो विमानस्थल सञ्चालनमा आएसँगै ब्रिटिस एयरवेजले बेलायतबाट सीधा हवाई उडान भर्ने बताइएको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

47%
happy

खुसी

3%
sad

दु :खी

31%
amazed

अचम्मित

16%
excited

उत्साहित

3%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS