IME Life New

विश्वकै ठूलो अर्थतन्त्रमा संकट, आठ महिनामा टाँट पल्टे ४५२ कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र अमेरिकाका लागि यो वर्ष राम्रो देखिएको छैन। अमेरिकामा सयौँ साना–ठूला कम्पनी टाँट पल्टेका छन्।

वित्त वर्ष २०२४ को पहिलो ८ महिनामै अमेरिकामा ४५२ ठूला कम्पनी टाँट पल्टेका छन्। यो पछिल्लो १४ वर्षमा दोस्रो उच्च संख्या हो। सन् २०२० मा कोरोना महामारीको चपेटामा परेपछि लकडाउनका कारण वर्षको पहिलो ८ महिना अर्थात अगस्टसम्म ४६६ कम्पनी टाँट पल्टेका थिए । यो वर्षको अगस्टमा मात्रै अमेरिकामा ६३ कम्पनी टाँट पल्टेका छन् भने जुलाईमा ४९ कम्पनी बन्द भएका छन् । पछिल्लो ४ वर्षमा अमेरिकी उद्योगका लागि अगस्ट चौथो सबैभन्दा खराब महिना थियो।

Esewa
Crest

क्षेत्रगत रुपमा कुरा गर्दा कन्ज्युमर डिस्क्रेसनरी क्षेत्र यस वर्ष अमेरिकामा सबैभन्दा बढी मारमा परेको छ। यस क्षेत्रका ६९ ठूला कम्पनी चलाउन नसकेर बन्द भएका छन्। त्यसपछि औद्योगिक क्षेत्र आउँछ। यस क्षेत्रका ५३ कम्पनी टाँट पल्टेका छन् भने स्वास्थ्य क्षेत्रका ४५ कम्पनी पनि बन्द भएका छन्।

अमेरिकी अर्थव्यवस्था सुस्त बनेको छ। मन्दीको डरले रेकर्ड संख्यामा कम्पनीहरु धमाधम बन्द भइरहेका छन्। अमेरिकामा बेरोजगारी बढेको छ र उपभोक्ता खर्च घटेको छ।

वर्षैपिच्छे कुरा गर्ने हो भने सन् २०१० मा अमेरिकामा ८२७ ठूला कम्पनी टाँट पल्टेका थिए। त्यतिबेला अमेरिकाको अर्थतन्त्र सन् २००८ को आर्थिक संकटबाट बाहिर निस्कन संघर्ष गरिरहेको थियो।

यसैगरी सन् २०११ मा अमेरिकामा ६३४, २०१२ मा ५८६, २०१३ मा ५५८, २०१४ मा ४७१, २०१६ मा ५२४, २०१७ मा ५२०, २०१९ मा ५१८, २०२० मा ६३८, २०२१ मा ४०६, २०२२ मा ३७२ र २०२२ मा ६३४ कम्पनी सञ्चालन गर्न नसकेर बन्द भएका थिए। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS