IME Life New

विश्वकै ठूलो अर्थतन्त्र डिफल्ट हुने खतरामा, ऋणको बोझ रेकर्ड स्तरमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र अमेरिका डिफल्ट हुने खतरामा छ। अमेरिकाको ऋण–जीडीपी अनुपात १२४ प्रतिशत पुगेको छ। तथ्यांक हेर्दा सन् १८०० पछि ५२ देशको ऋण–जीडीपी अनुपात १३० प्रतिशतभन्दा बढी भएको छ। जसमध्ये ५१ देश डिफल्टर बनेका छन्। यही कारणले गर्दा अमेरिकामा पनि तीव्रगतिमा बढिरहेको ऋणप्रति चिन्ता व्यक्त गरिएको छ।

निकट भविष्यमा अमेरिका डिफल्टर हुने खतरा नरहेको विज्ञहरु बताउँछन् तर यो अवस्थालाई बेवास्ता गरिएमा यसले गम्भीर दीर्घकालीन परिणाम निम्त्याउन सक्छ। अमेरिकाको ऋण ३४ ट्रिलियन डलरभन्दा माथि पुगेको छ। यो वर्ष अमेरिकाले एक ट्रिलियन डलरभन्दा बढी ब्याज तिर्नुपर्ने अवस्था आएको छ।

Esewa
Crest

पछिल्लो २४ वर्षमा अमेरिकाको ऋण ६ गुणा बढेको छ। सन् २००० मा अमेरिकाको ऋण ५.७ ट्रिलियन डलर थियो। जुन अहिले ३४ ट्रिलियन डलरभन्दा माथि पुगेको छ। यो सन् २०१० मा १२.३ ट्रिलियन डलर र २०२० मा २३.२ ट्रिलियन डलर थियो। अमेरिकी कंग्रेसको बजेट दस्तावेजअनुसार आगामी दशकसम्म देशको ऋण ५४ ट्रिलियन डलर पुग्ने अनुमान गरिएको छ।

पछिल्ला तीन महिनामा मात्रै यसमा एक ट्रिलियन डलरभन्दा बढी वृद्धि भएको छ र यो देशको कुल गार्हस्थ उत्पादनको करिब १२४ प्रतिशत हो। पछिल्लो तीन वर्षमा मात्रै अमेरिकको ऋण १० ट्रिलियन डलरभन्दा बढीले बढेको छ। अमेरिकाले ब्याज भुक्तानीमा दैनिक १.८ बिलियन डलर खर्च गर्नुपर्ने हुन्छ। अमेरिकी सरकारको आम्दानी घटेको र खर्च बढेको छ। यो देशकोे अर्थतन्त्र र राष्ट्रिय सुरक्षाका लागि राम्रो कुरा नभएको विश्लेषकहरु बताउँछन्।

आगामी केही वर्षमा अमेरिकाको ऋण–जीडीपी अनुपात २०० प्रतिशत पुग्न सक्ने डर छ। अर्थात् अमेरिकाको ऋण जीडीपीको दोब्बर पुग्नेछ। यदि यस्तो भयो भने ऋण चुक्ता हुनेबित्तिकै अमेरिकाको अर्थतन्त्र संकेटमा पर्नेछ। जसका कारण अमेरिकी सरकारले अनुसन्धान तथा विकास, पूर्वाधार र शिक्षामा गरेको कुल खर्चभन्दा ब्याज भुक्तानीमा बढी रकम तिर्नुपर्नेछ। अर्थतन्त्र राम्रो अवस्थामा रहेको र बेरोजगारी न्यून रहेको बेला अमेरिकाको ऋण बढिरहेको छ। सामान्यतया अर्थतन्त्र कमजोर हुँदा सरकारले आर्थिक वृद्धि बढाउन खर्च बढाउँछ। तर, अमेरिकामा स्थिति उल्टो छ।

गत वर्ष अगस्टमा फिचले अमेरिकाको सार्वभौम ऋणको मूल्यांकन डलब ए प्लसबाट घटाएर ट्रिपल ए गरेको थियो। त्यसपछि नोभेम्बरमा मुडिजले अमेरिकाको ट्रिपल ए कटौती गर्न सक्ने चेतावनी दिएको थियो। गत वर्षको जुनमा अमेरिका पूर्वनिर्धारितको सीमामा पुगेको थियो। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

6%
sad

दु :खी

33%
amazed

अचम्मित

6%
excited

उत्साहित

6%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS