IME Life New

विश्वका १० ठूला कम्पनीको सूचीमा अमेरिकी वर्चश्व, बजार पूँजीकरण कसको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्व बजारमा मूल्यवान कम्पनीहरु रहेको देशमा अमेरिकाको वर्चश्व देखिएको छ। विश्वका सबैभन्दा ठूला १० कम्पनीमा ८ वटा अमेरिकाको मात्रै रहेको छ।

बजार पुँजीकरणका हिसाबले सबैभन्दा ठूलो कम्पनी माइक्रोसफ्ट रहेको छ। यो अमेरिकी कम्पनीको कुल बजार पुँजीकरण ३.१६ ट्रिलियन डलर रहेको छ।

Esewa
Crest

यसैगरी विश्वको दोस्रो ठूलो र तेस्रो ठूलो कम्पनीले पनि अमेरिकाकै रहेका छन्। जसमा क्रमशः एप्पल र एनभिडिया रहेका छन्। कुल बजार पुँजीकरण एप्पलको २.६७ ट्रिलियन डलर र एनभिडियाको २.२० ट्रिलियन डलर रहेको छ।

साउदी अरबको सरकारी तेल कम्पनी आरामको विश्वकै ठूला कम्पनीको सूचीमा चौथो स्थानमा रहेको छ। विश्वकै ठूलो तेल उत्पादक कम्पनी आरामकोको कुल बजार पुँजीकरण २.०८ ट्रिलियन डलर रहेको छ।

पाँचौँ स्थानमा अमेजन रहेको छ। यो पनि अमेरिकी कम्पनी हो। यसको कुल बजार पुँजीकरण १.८६ ट्रिलियन डलर रहेको छ।

शीर्ष १० ठूला कम्पनीको सूचीमा अमेरिकाको अल्फाबेट (गुगल), मेटा (फेसबुक) र बर्कसायर हाथवे क्रमशः छैटौँ, सातौँ र आठौँ स्थानमा छन्। यी कम्पनीको कुल बजार पुँजीकरण क्रमशः १.७९ ट्रिलियन डलर, १.२५ ट्रिलियन डलर र ८८०.१८ बिलियन डलर रहेको छ।

सेमिकन्डटर उत्पादक कम्पनी टीएसएमसी कुल बजार पुँजीकरण ७२४.२१ बिलियन डलरका साथ नवौँ स्थानमा रहेको छ। यो तइवानको कम्पनी हो। दसौँ स्थानमा अमेरिकाको इली लिल्ली ७२२.८१ कुल बजार पुँजीकरणका साथ रहेको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

67%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS