IME Life New

विश्वका केन्द्रीय बैंकहरु सुन किन्ने होडमा, कुन देशले कति किने ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ‘सुन एउटा खजाना हो र जोसँग छ उसले यस संसारमा जे चाहन्छ त्यो गर्न सक्छ।’ ५०० वर्षअघि भनिएको कोलम्बसको यो भनाइ आज पनि सत्य साबित भएको छ। यही कारणले गर्दा आज पनि मानिसको सुनमाथि विश्वास बढ्दै गएको छ।

विश्वका सरकारहरुको सुनको भण्डारले पनि सुन एउटा विश्वसनीय साझेदार, भरपर्दो सम्पत्ति र आर्थिक अनिश्चितताविरुद्ध हेजको प्रतीक भएको पुष्टि गर्छ। गत वर्ष विभिन्न देशका केन्द्रीय बैंकहरुले सबैभन्दा बढी सुन किनेका थिए।

Esewa
Crest

तथ्यांकअनुसार विगत ३ वर्षदेखि विश्वका केन्द्रीय बैंकहरुले बर्सेनि १ हजार टनभन्दा बढी सुन खरिद गर्दै आएका छन्। सन् २०२४ मा विश्वका बैंकहरुले १ हजार ४५ टन सुन किनेका थिए।

सन् २०२४ मा सुन किन्ने देशहरुमा नेशनल बैंक अफ पोल्यान्ड पहिलो स्थानमा रह्यो। रिजर्ब बैंक अफ इन्डिया दोस्रो स्थानमा र सेन्ट्रल बैंक अफ टर्किए तेस्रो स्थानमा थियो।

सन् २०२३ मा विश्वका केन्द्रीय बैंकहरुले १ हजार ३७ टन सुन किनेका थिए। अघिल्लो वर्ष २०२२ मा विश्वका केन्द्रीय बैंकहरुले कीर्तिमानी मात्रामा सुन खरिद गरेका थिए। यस वर्ष केन्द्रीय बैंकहरुले १ हजार १३६ टन सुन खरिद गरेका थिए। यो सन् १९५० यताकै उच्च सुनको खरिद हो।

सन् २०२४ मा कुन देशले कति सुन किने ?

नेसनल बैंक अफ पोल्यान्ड सन् २०२४ मा सुनको सबैभन्दा ठूलो खरिदकर्ता थियो। विश्व गोल्ड काउन्सिलका अनुसार पोल्यान्डको केन्द्रीय बैंकले सन् २०२४ मा ९० टन सुन किन्ने छ। योसँगै यसको सुनको भण्डार बढेर ४४८ टन पुगेको छ।

टर्कीको केन्द्रीय बैंकले सन् २०२४ मा ७५ टन सुन खरिद गरेको थियो। योसँगै टर्कीको कुल सुनको भण्डार बढेर ५८५ टन पुगेको छ। ७२ टन सुन किनेर भारत दोस्रो स्थानमा छ।

चीनले सन् २०२४ मा ३४ टन सुन किनेको छ। तर चीनको सुनको भण्डार भारतको भन्दा झन्डै तीन गुणा बढी छ। गोल्ड काउन्सिलका अनुसार चीनसँग २ हजार २६४ टन सुनको भण्डार छ।

सन् २०२४ मा सुनको प्रमुख खरिदकर्तामा हंगेरी (१६ टन), सर्बिया (८ टन), जर्जिया (७ टन), उज्वेकिस्तान (११ टन) र चेक गणतन्त्र (नोभेम्बरमा २ टन) पर्छन्। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS