IME Life New

विश्वका उत्कृष्ट बीकमको वरियतामा एलआईसी भारत उक्लियो एक स्थान माथि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतकै सबैभन्दा ठूलो जीवन बीमक भारतीय जीवन बीमा निगम (एलआईसी) गैरबैंकिङ सम्पत्तिको हिसाबले विश्वका उत्कृष्ट बीमकको वरियतामा एक स्थान माथि उक्लिएको छ।

भारतीय रुपैयाँको अवमूल्यनका बाबजुद पनि रेटिङ एजेन्सी एएम बेस्टले गैरबैंकिङ सम्पत्तिको हिसाबले विश्वका उत्कृष्ट बीमकको सूचीमा एलआईसीलाई १२ औँ स्थानमा राखेको हो। यसअघि एलआईसी यो सूचीको १३ औँ स्थानमा रहेको थियो।

Esewa
Crest

खुद बीमाशुल्कका आधामार एलआईसीले आफ्नो स्थान १६ नम्बरमा कायम राखेको छ। सोमबार जारी गरिएको एएम बेस्ट र्‍यांकिङअनुसार एलआईसीको खुद बीमाशुल्क आर्जन १०.९ प्रतिशतले बढेर ५७.७ बिलियन डलर पुगेको छ। जबकि गैरबैंकिङ सम्पत्ति ७.६ प्रतिशतले बढेर ५५४ मिलियन डलर पुगेको छ।

गैरबैंकिङ सम्पत्तिको हिसाबले शीर्ष ५ कम्पनीमा क्रमशः एलियान्ज एसई (१ बिलियन डलर), पिङ एन (९६० मिलियन डलर), बर्कशायर ह्याथवे (४ ९४८ मिलियन डलर), चाइना लाइफ (८८५ मिलियन डलर ) र एक्सा (७१३ मिलियन डलर) छन्।

खुद बीमाशुल्क आर्जका हिसाबले शीर्ष ५ कम्पनीमा क्रमशः युनाइटेड हेल्थ ग्रुप (२५७ बिलियन डलर), सेन्टेन कर्प (१३६ बिलियन डलर), एलिभेन्स हेल्थ (१३३ बिलियन डलर), काइसर फाउन्डेसन ग्रुप अफ हेल्थ प्लान्स (१०८ बिलियन डलर) र पिंग एन (१०८ बिलियन डलर) छन्।
शीर्ष ५ बीमकमध्ये ४ वटा अमेरिकी कम्पनी छन्। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS