IME Life New

विशाल ग्रुपकाे रेटिङ गरेकाे केयर रेटिङ्सलाई धिताेपत्र बाेर्डले गर्‍याे रु‍. ५० हजार जरिवाना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडाै‌ं । विशाल ग्रुप मुख्य लगानीकर्ता रहेकाे रेटिङ एजेन्सी केयर रेटिङ्गसलाई धिताेपत्र बाेर्डले पचास हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेकाे छ। स्वार्थ बाझिने गरी विशाल ग्रुप साझेदार रहेका कम्पनीहरुकाे पटक पटक क्रेडिट रेटिङ गरेकाेमा बाेर्डले केयर रेटिङ्गसलाई सामान्य जरिवाना गरेर उन्मुक्ति दिएकाे हाे ।

धितोपत्र सम्बन्धि ऐनमा कानू विपरीत रेटिङ गरेकाे प्रमाणित भएमा ५० हजारदेखि २ लाख रुपैयाँसम्म जरिवाना हुनसक्ने व्यवस्था छ । बाेर्डले पटक पटक स्वार्थ बाझिने गरी क्रेडिट रेटिङ गरेकाे भएपनि न्यूनत्तम जरिवाना गरेर केयर रेटिङ्गसलाई उन्मुक्ति दिएकाे हाे ।

Esewa
Crest

क्रेडिट रेटिङ नियमावली २०६८ काे नियम ३४ मा क्रेडिट रेटिङ स‌ंस्थाले आफ्नाे वा आफ्नाे स‌ंस्थापक शेयरधनी, मुख्य शेयरधनी वा  आफ्नाे मुख्य स‌ंस्था वा सहायक संस्थाहरूकाे क्रेडिट रेटिङ गर्न नहुने प्रावधान छ। याे प्रावधान विपरित विशाल ग्रुप साझेदार रहेकाे र विशाल ग्रुपकाे एकल स्वामित्व रहेका कम्पनीहरु घाेराही सिमेण्ट, मैनावती स्टील्स, कमला राेलिङ मिल, विदेशी महँगा उपभाेग्य वस्तुकाे वितरक युनाइटेड डिष्ट्रिव्युटर्स, र एमजी ब्राण्डकाे जीप आयात काराेबार गर्ने पारामाउण्ट माेटर्स, जलिवद्युत उत्पादक कम्पनी ग्रीन भेञ्चर प्रा‍.लि र एनआइसी एशिया बै‌ंककाे पनि क्रेडिट रेटिङ गरेकाे थियाे । यी क्रेडिट रेटिङकाे आधारमा विशाल ग्रुपले वाणिज्य बैंकहरूबाट अर्बाै रूपैयाँ कर्जा लिएकाे थियाे ।

सबैभन्दा विवाद घाेराही सिमेण्टकाे रेटिङलाई लिएर भएकाे थियाे । केयर रेटिङ्गसले गरेकाे रेटिङकै भर परेर सर्वसाधारणले प्रिमिय मूल्यमा घाेराही सिमेण्टकाे शेयर खरिद गरेका थिए । घाेराही सिमेण्टकाे शेयर निष्काशन सम्बन्धी विवादसँगै विशाल ग्रुपकाे स्वार्थ पृष्ठपाेषण हुने गरी केयर रेटिङ्गसले रेटिङ गरेकाे दर्जन् मुद्दा सार्वजनिक भएका थिए ।

नियामक धिताेपत्र बाेर्डले विशाल ग्रुपकाे लगानी रहेका कम्पनीहरुकाे धमाधम रेटिङ गरेकाे जानकारी पाउँदा समेत माैनता प्रदर्शन गरेकाे थियाे । आम सञ्चारमाध्यमले दबाब सिर्जना गरेपछि मात्र बाेर्डले केयर रेटिङ्गसविरुद्ध कारवाहीकाे लागी चासाे लिएकाे हाे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

0%
sad

दु :खी

67%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS