IME Life New

विनासकारी भुकम्प गएको चार बर्ष बित्दा पनि अझै बीमा क्षेत्र प्रभावकारी बन्न सकेन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

विनासकारी भुकम्प गएको चार बर्ष बित्दा पनि अझै बीमा क्षेत्र प्रभावकारी बन्न नसकेको विज्ञहरु बताउँछन् । भुकम्प गएको चार बर्ष पुरा भईसकेको छ । पछाडि फर्केर हेर्दा विनासकारी क्षतीको त्रास अझै हामीमा रहेको छ । भुकम्पीय जोखिमका दृष्टिकोणले नेपाल अति नै जोखिमपूर्ण क्षेत्र मानिन्छ ।

जहाँ कुनै पनि समयमा ठूलो भुकम्प जान सक्ने अनुमान विज्ञहरुले गरेका छन् । त्यस्तै, विकट भौगोलिक बनावटको कारण नेपालमा बाढी,पहिरो , डुबान तथा आगलागी जस्ता घटनाको सम्भावना व्यापक रहेको छ।

Esewa
Crest

उपत्यका भित्र घर निर्माणको कार्य तिव्र गतिमा बढी रहेको छ । यसका साथै जोखिमहरु पनि बढी रहेका छन् । बीमाले दुर्घटनाबाट हुने आर्थिक क्षतिलाई कम गराउँछ । त्यसैले जीवनभरको कमाईबाट निर्माण गरेको घरको बिमा गर्नु आवश्यक छ । मानिसले करौडौ रुपैयाँ लगानी गरेर घर त बनाउँछन् तर भावी आउने विपतलाई भने ख्याल गरेको पाईदैन ।

कतिपय बीमा कम्पनीहरुलाई उठ्नै नसक्ने गरी थला बसाउने अनुमान गरिएको थियो तर परिणाम उल्टो देखिएको छ । भुकम्पले धक्का दिए पछि नेपालीहरुमा बिस्तार भएको चेतनाले निर्जिबन बीमा कम्पनीहरु प्रति हेर्ने दृष्टिकोणमा केही मात्रामा फरक आएको छ ।

मानिसहरुले घरको बीमा नगरे पनि बैंक तथा बितिय संस्थाबाट ऋण लिदाँ भने बीमा गरेका हुन्छन । वित्तिय संस्थाबाट कर्जा लिदाँ अनिवार्य रुपमा घरको बीमा गराउनु पर्ने प्रावधान छ । त्यसैले यस्ता घरहरुको कानुनी बाध्यताका कारण बीमा भएको पाईन्छ । तर सामान्यतया मानिसहरुले बुझेर आफ्नो घरको सुरक्षाका लागि भने बीमा गरेको पाईदैन ।

गत माघ एक गते देखि बीमा समितिले एकिकृत सम्पती बीमा निर्देशीका जारी गरेका छ । समितिले बीमाको दायरामा सबैलाई समेट्नको लागि यस निर्देशीका जारी गरेको थियो । जसमा व्यवसायिक र ग्राहस्थ रहेको छ । व्यवसायिक बीमा अन्तगर्त उधोग, कलकारखानाहरुले बीमा गराईसकेका छन् भने तर ग्राहस्थमा सम्पती बीमामा चाहि कमी देखिएको समितिले जनाएको छ ।

बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाँईले –४ बर्ष अघिको भुकम्पलाई स्मरण गर्दै उक्त समयमा ९ खर्बको क्षती भएतापनि बीमा कम्पनीहरुलाई दाबी भने १५ अर्बको मात्र परेको थियो । यदि उक्त समयमा ९ खर्बको नै बीमा गराएको भए बीमा मार्फत दाबी पाउने वातावरण रहने बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS