IME Life New

विनाशकारी क्षुद्रग्रह पृथ्वीमा ठोक्किने खतरा बढ्दै गएपछि वैज्ञानिकहरु चिन्तित, पानीले बचाउला ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वभरका वैज्ञानिक अहिले विनाशकारी क्षुद्रग्रह पृथ्वीमा ठोक्किन सक्ने सम्भावनाले चिन्तित छन्। यो क्षुद्रग्रहको नाम ‘२०२४ वाईआर४’ दिइएको छ।

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको हालैको अध्ययनले यो क्षुद्रग्रह पृथ्वीमा ठोक्किने सम्भावना बढ्दै गएको छ। नासाका अनुसार अब यो क्षुद्रग्रह पृथ्वीमा ठोक्किने सम्भावना ३ प्रतिशत पुगेको छ।

Esewa
Crest

यो क्षुद्रग्रह एसियाली सहरमा ठोक्किने सम्भावना रहेको नासाले जनाएको छ। कम्प्युटेसनल फिजिक्स तथा प्लेनेटरी साइन्सकी एसोसिएट प्रोफेसर कैरी न्युजेन्टका अनुसार यो क्षुद्रग्रह पृथ्वीमा ठोक्किने सम्भावना रहे पनि धेरै चिन्ता गर्नुपर्ने अवस्था रहेको छैन।

त्यसो गत जनवरीमा नासाको अध्ययनले २०२४ वाईआर४ क्षुद्रग्रह पृथ्वीमा ठोक्किने सम्भावना १ प्रतिशत रहेको देखिएको थियो। फेब्रुअरीको सुरुआतमा यो सम्भावना बढेर २.३ प्रतिशत पुग्यो। गत साताको अध्ययनले पृथ्वीमा ठोक्किने सम्भावना झनै बढेर ३.१ प्रतिशत पुगेको छ।

यो क्षुद्रग्रह पृथ्वीमा सन् २०३२ डिसेम्बरमा ठोक्किन सक्ने नासाको अनुमान छ। किनकि यसलाई रोक्ने तयारी गर्न धेरै समय बाँकी रहेको छ।

अर्कोतर्फ यो क्षुद्रग्रह त्यति ठूलो छैन। सन् २०१३ मा रुसको चेल्याबिन्स्कमा ठोक्किएको क्षुद्रग्रह २० मिटर चौडाइको थियो। यसले केही भौतिक क्षति पुर्याए पनि कुनै मानवीय क्षति भएन। क्षुद्रग्रह ठोक्किने सम्भावना रहेका क्षेत्रहरु खाली गरेर ठूलो मानवीय क्षति रोक्न सकिने वैज्ञानिकहरुको भनाइ छ।

वैज्ञानिकहरुका अनुसार पृथ्वीको सतहमा धेरैजसो पानी रहेको छ। यदि कुनै महासागरको आसपात यो क्षुद्रग्रह ठोक्किएमा ठूलो क्षतिको खतरालाई कम गर्न सकिन्छ।

यो क्षुद्रग्रह ४० देखि ९० मिटरको रहेको छ। यो महासागरमा ठोक्किएमा मानवीय र भौतिक पूर्वाधारमा कुनै क्षति नहुने वैज्ञानिकहरुको दाबी छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS