IME Life New

विद्यालयस्तरमै बीमा शिक्षा विषय समावेश गर्ने प्राधिकरणको कार्यनीति, डिजिटल बीमालाई बढावा दिइने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले विद्यालयस्तरको पाठ्यक्रममै बीमा शिक्षा विषय समावेश गर्ने कार्यनीति अवलम्बन गर्ने भएको छ।

प्राधिकरणले आज सार्वजनिक गरेको बीमा साक्षरता रुपरेखा–२०८१को मस्यौदामा समावेश कार्यनीतिमध्ये विद्यालयस्तरको पाठ्यक्रममै बीमा शिक्षा विषय समावेश गर्ने एउटा रहेको हो। यसका लागि पाठ्यक्रम विकास केन्द्रसँग समन्वय गरिने प्राधिकरणले जनाएको छ।

Esewa
Crest

यसैगरी स्थानीय तह, विद्यालय, कलेज र अन्य क्षेत्रमा बीमा साक्षरता कार्यक्रम विकास गरिने कार्यनीति पनि प्राधिकरणले लिएको छ। बीमाको वार्षिक कार्यक्रमअन्तर्गत विभिन्न उच्च माध्यमिक विद्यालयस्तरका विद्यार्थीलाई लक्षित गरी हरेक वर्ष विद्यार्थीसँग बीमा कार्यक्रम सञ्चालन गरिने प्राधिकरणको कार्यनीति रहेको छ।

बीमाका विभिन्न सूचना जानकारी तथा बीमा चेतनामूलक सामग्री प्रचारप्रसार गर्न आधिकारिक फेसबुक पेज, युट्युब च्यानल सञ्चालन गरिने प्राधिकरणले जनाएको छ। प्राधिकरणले श्रव्यदृश्य सामग्री निर्माण गरी राष्ट्रियस्तरका टेलिभिजन र बीमाका आधिकारिक सामाजिक सञ्जालबाट प्रसारण गर्नुका साथै ती सामग्रीमार्फत बीमासम्बन्धी विभिन्न विषयका बारेमा चेतना अभिवृद्धि गरिने कार्यनीति लिएको छ।

यसैगरी डिजिटल वित्तीय साक्षरतालाई प्राथमिकताका साथ प्रवर्द्धन गरिने पनि प्राधिकरणले जनाएको छ। डिजिटल बीमा सेवाहरुका बारेमा जागरुकता बढाइने प्राधिकरणको लक्ष्य रहेको छ।

यस्ता छन् रणनीति तथा कार्यनीति

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS